Ex-girlfriend brought Salman Khan's true character to the world, says - smoked cigarettes for years

काठमाडौं । बलिउड अभिनेत्री सोमी अलीले सुपरस्टार सलमान खानको नाम नलिई गम्भीर आरोप लगाएकी छिन् । सोमी अलीले एक सामाजिक सञ्जाल पोस्टमा खानसँगको पुरानो तस्बिर सेयर गर्दै शारीरिक शोषण गरेको आरोप लगाएकी हुन् ।

यद्यपि सोमीले यो पोस्ट तत्कालै हटाइन् । सोमीले आफ्नो पोस्टमा सलमान खानसँगै उनलाई समर्थन गर्ने अभिनेत्रीमाथि पनि हमला गरेकी थिइन् । सोमी अली कुनै समय सलमान खानकी प्रेमिका पनि थिइन् । पछिल्लो समय उनले खानमाथि बारम्बार हमला गरिरहेकी हुन्छिन् ।

सोमीले हालै आफ्नो र सलमानसँगको पुरानो तस्बिर सेयर गर्दै लेखिन्, ‘अझ धेरै हुनेछ । मेरो शो भारतमा प्रतिबन्ध लगाइयो र त्यसपछि मलाई वकिलहरूमार्फत धम्की दियो ।

तिमी कायर छौ । यदि तिमीले मलाई वकिलहरूबाट टाढा लैजाने डर देखाउँछौ, म पनि ५० जना वकिललाई आफ्नो पक्षमा राख्छु, जसले तिमीले मलाई वर्षौंदेखि गरेको चुरोट र शारीरिक यातनाबाट बचाउनेछन् ।’

सोमीले आफ्नो पोस्टमा थप लेखेकी छिन्, ‘महिलामाथि आक्रमण गर्ने पुरुषलाई समर्थन गर्ने सबै महिला कलाकारहरूलाई लाज लाग्नेछ । तपाईंलाई समर्थन गर्ने पुरुष कलाकारहरूलाई लाज लाग्नेछ ।’

अभिनेता खानले आफ्नो उचाइ मात्र पाँच फिट छ इन्च कायम राख्न बाहिर भलाद्मि व्यक्तिको खोल ओडेको आरोप पनि उनको छ । उनले आफ्नो पोस्टमा कसैको नाम नलेखे पनि सलमानसँगको फोटो सेयर गरेपछि अनुमान लगाउन सकिन्छ कि उनले यी सबै कुरा सलमानका लागि मात्र लेखेकी हुन् ।

यस वर्ष मार्चमा सोमीले सलमानको फिल्म मैने प्यार कियाको स्टिल सेयर गरेकी थिइन् । सोमीले उक्त तस्बिरको क्याप्सनमा लेखिन्, ‘बलिउडका हार्वे वाइन्स्टिन, तिम्रो पर्दाफास हुनेछ, तिमीले दुव्र्यवहार गरेका महिलाहरु एक दिन अवश्य अगाडि आउनेछन् र आफ्नो सत्य बताउनेछन् । जसरी ऐश्वर्या राय बच्चनले गरिन् ।’

सोमी अली अमेरिकामा बस्थिन् । जब उनले सलमान खानको फिल्म ‘मैने प्यार किया’ देखिन् तब उनलाई प्रेम भयो । उनी सलमानसँग यति मोहित थिइन् कि उनले भारत आएर विवाह गर्ने निर्णयसम्म गरिन् ।

उनी भारत आएर केही समय सलमानसँग सम्बन्धमा पनि रहेको बताइन्छ । त्यस क्रममा उनले कमिला, माफिया र आन्दोलन जस्ता फिल्ममा काम समेत गरिन् । केही समयपछि उनको र सलमानको सम्बन्ध टुट्यो र उनी फेरि अमेरिका सरिन् ।

सम्बन्धित खबरहरु