Fight with father: A 15-year-old boy killed his 9-year-old daughter after raping her in revenge
काठमाडौं । ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा नयाँ ट्विस्ट देखिएको छ । उक्त अपराधमा संलग्न भएको आरोपमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेको छ । केही दिनअघि बालिकाको बुवासँग ती बालकको झगडा भएको थियो ।
त्यस घटनाको बदला लिन १५ वर्षीय नाबालकले उक्त घटना घटाएको प्रहरीको आरोप छ । प्रहरीले अभियुक्त विरुद्ध उजुरी दर्ता गरेर उनलाई हिरासतमा लिएको छ । इन्डिया टुडेका अनुसार घटना महाराष्ट्रको कल्याण सहरको रेलवे स्टेशन नजिकैको कल्याणी पश्चिम क्षेत्रमा घटेको हो ।
१ डिसेम्बर (बिहीबार) दिउँसो ४ बजे तिर त्यहाँको एक कम्प्लेक्समा बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । त्यसको जानकारी तुरुन्तै प्रहरीलाई दिइयो । प्रहरीले घटनास्थलमा पुगेर बालिकालाई नजिकैको अस्पताल पुर्यायो ।
तर त्यहाँ उनलाई मृत घोषित गरियो । सोसाइटी कम्प्लेक्समै बालिकाको मृत्यु भएको केही रिपोर्टमा बताइएको छ । इन्डियन एक्सप्रेससँग कुरा गर्दै प्रहरी उपायुक्त सचिन गुंजालले भने, ‘मृतक र उनका परिवारका सदस्यहरू भिख मागेर कमाइ गर्छन्, एउटै भवन नजिकै बस्छन् ।’
हिन्दुस्तान टाइम्सका अनुसार बालिकाको पोस्टमार्टम रिर्पोटले उनी बलात्कृत भएको देखाउँछ । त्यसपछि अज्ञात व्यक्तिविरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले त्यहाँ जडान गरिएका सीसीटीभी फुटेज खोजी गर्यो, जसमा नाबालिग अभियुक्त देखिएका थिए । उनी कहाँ बस्छन् भन्नेबारे त्यहाँका मानिसहरूलाई सोधियो ।
त्यसपछि प्रहरीले नाबालकलाई हिरासतमा लिएर महात्मा फुले प्रहरी चौकीमा राख्यो । सोधपुछका क्रममा आरोपीले सबै कुरा स्वीकार गरेको पनि प्रहरीले जानकारी गरायो ।
प्रहरीले बालकलाई उद्धृत गर्दै दुई दिनअघि बालिकाका बाबुसँग झगडा परेको जनाएको छ । झगडा पर्दा बालिकाका बाबुले नाबालकलाई कुटपिट समेत गरेका थिए । त्यसको बदला लिन उनले ती व्यक्तिकी छोरीलाई अपहरण गरेर बलात्कार गरेका हुन् ।
टाइम्स अफ इन्डियाले प्रहरीलाई उद्धृत गर्दै ती नाबालिग पनि रेलवे स्टेशन नजिकै सडकको छेउमा बस्छन् । बलात्कारपछि उनले बालिकाको घाँटी ब्लेडले काटेका हुन् । अहिले उनलाई बाल सुधारगृहमा पठाइएको छ ।