Nora Fatehi made such a mistake when waving the flag, the dancing queen had to be a troll

काठमाडौं । फिफा विश्वकपमा बलिउडकी डान्सिङ क्वीन नोरा फतेहीले आफ्नो उत्कृष्ट डान्स प्रदर्शन दिएकी थिइन् ।

उनका फ्यानहरु उत्सुकतापूर्वक पर्खिरहेका थिए । तर, यस बीचमा उनले भारतको झण्डा (तिरङ्गा) को अपमान गरेको आरोप लागेको छ ।

सामाजिक सञ्जालमा भारतीयले उनको डान्सभन्दा पनि झण्डाको अपमान गरेको भन्दै आलोचना गर्दैछन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अरेबियन सुन्दरीलाई ट्रोल गरिरहेका छन् ।

नोराले फिफा वर्ल्ड कपमा ब्याङ डान्स परफर्मन्स दिइन्, जहाँ उनले जय हिन्दको नारा पनि लगाइन् र झण्डा पनि फहराइन् । तिरङ्गा फहराउँदा उनले ठूलो गल्ती गरिन् ।

वास्तवमा भएको के भने उनले तिरङ्गा उल्टो फहराएकी थिइन् । जसकारण अहिले सामाजिक सञ्जालमा उनी निकै ट्रोल हुनु परेको छ ।

नोरा फतेही भन्छिन्, ‘भारत विश्वकपमा नहुन सक्छ तर हामी हाम्रो संगीत र नृत्यको माध्यमबाट यो फ्यान फेस्टको हिस्सा हौं ।’

यसैबीच नोराका यी शब्दहरू सुनेर फ्यानहरू निकै उत्साहित हुन्छन् । यस्तो लाग्छ दर्शकले पनि जय हिन्दको नारा लगाइरहेका छन् ।

त्यसपछि नोराले भारतको झण्डा फहराउन थाल्छिन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नोरा फतेहीलाई गलत तरिकाले तिरङ्गा समात्नुका साथै सही नफहराएको आरोप लागेको हो ।

नोरामाथि मञ्चमा तिरङ्गा गलत तरिकाले समातेको आरोप लागेको छ । त्यसपछि नोराले तिरङ्गालाई स्कार्फजस्तै बेरिन् । त्यस पछि उनले यसलाई उल्टो फहराइन् । यो सबै तिरङ्गाको अपमान भएको धेरैको बुझाई रहेको छ ।

सम्बन्धित खबरहरु