काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता कायमै राख्नु भएको छ । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार गुरूङले अग्रता कायमै राख्नु भएको हो ।

पछिल्लो मतपरिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदार गुरूङले १५ हजार ७२ मतसहित अग्रता लिनु भएको छ ।

उहाँको प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले १२ हजार ९०९ मत प्राप्त गर्नुभएको छ । यी दुईबीचको मतान्तर २१६३ रहेको छ ।

अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरूङले ५९६२ मत प्राप्त गर्दै तेस्रो स्थान प्राप्त गर्नुभयो । अर्कोतिर प्रदेश (ख) मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले २३३६ मत ल्याएर अग्रता बनाउनु भएको छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले २१४६ मतसहित पछ्याइरहनु भएको छ । भट्टराई र श्रेष्ठको मतान्तर १९० रहेको छ । तपाईंलाई जानकारी गराउ कि प्रदेश क मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।

सम्बन्धित खबरहरु