काठमाडौं । विश्वकप फुटबलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको छ । दक्षिण कोरियासँग पराजित भएपनि पोर्चुगल दुई खेलबाट ६ अंकसहित समूह एचको विजेता हुँदै नकआउट चरणमा पुगेको छ ।

यो जीतसँगै कोरियालेपनि ४ अंक बनाएर समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । विश्वविजेता उरुग्गे भने गोल अन्तरका कारण समान ४ अंक भएपनि प्रतियोगिताबाट बाहिरिएको छ ।

दक्षिण कोरियाले शीर्ष टोली पोर्चुगललाई हराएर नकआउटमा आफ्नो स्थान सुरक्षित गर्यो । क्रिष्टियानो रोनाल्डोको टोली हारेपनि यसअघि नै प्रि क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलसँग पराजित उरुग्गे दक्षिण कोरियासँग गोलरहित बराबरी खेल्यो र घानालाई २ गोलले हरायो ।

समूह एचकै दक्षिण कोरियालेपनि एक खेल जीत, एक खेल हार र एक खेल बराबरी खेलेको थियो । तर गोलका आधारमा कोरिया माथिल्लो चरणमा प्रवेश गर्यो । घाना भने एक खेलमा मात्र जीत निकालेर समूहको अन्तिम बन्दै बाहिरियो ।

निर्धारित ९० मिनेटको इन्जुरी समयमा कोरियाले अग्रता लिएको थियो । ९० मिनेट पुरा भएर थपिएको १औं मिनेटमा गोल गरेर कोरियाले जित दर्ता गरायो । कोरियाका लागि ह्वाङ हे चानले गरेको गोलले देशलाई जीत दिलायो ।

खेलमा ८० मिनेट खेल भइसकेको थियो । तोकिएको ९० मिनेटमा मात्र १० मिनेट बाँकी थियो । त्यो बेलासम्म पोर्चुगल र दक्षिण कोरियाको १–१ गोलको बराबरीमा थियो । इन्जुरी समयमा भएको गोलले दक्षिण कोरिया २ र पोर्चुगल १ गोलको स्कोरमा खेल सकियो ।

पोर्चुगलविरुद्धको खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गरेको थियो । २७ औं मिनेटमा पहिलो गोल गरेर देशलाई जीतको आशा दिलाइयो । दक्षिण कोरियाका लागि किम इङ गवानले पहिलो गोल गरे । उनले गत विश्वकपमा जर्मनीविरुद्ध पहिलो गोल पनि गरेका थिए ।

दक्षिण कोरियाविरुद्धको खेलमा पोर्चुगलको टोलीले धमाकेदार प्रदर्शन गरेको छ । देशका लागि रिकार्डो होर्टाले पाँचौं मिनेटमा गोल गरे । होर्टाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् २०१४ मा खेलेका थिए। त्यो खेलपछि आज उनले मौका पाए र गोल गरे ।

विश्वका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमा सबैको नजर छन् । रोनाल्डोले पछिल्लो खेलमा उरुग्गेविरुद्ध गोल गर्न सकेनन् । फ्यानहरुले उनीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन् ।

दक्षिण कोरिया टीम : किम सेउङ ग्यु (गोलकिपर) किम जिन सु, किम योङ ग्वान, क्वोन क्युङ वोन, किम मुन ह्वानस, जुङ वु योङ, ह्वाङ इन बिओम, ली काङ इन, ली जे सुङ, सन ह्युङ मिन (कप्तान), चो गुई सुङ।

पोर्चुगल टीमः डिएगो कोस्टा (गोलकिपर), डिएगो डालोट, एन्टोनियो सिल्भा, पेपे, जोआओ कन्सुएलो, रुबेन नेभेस, म्याथियस नुनेस, रिकार्डो होर्टा, जोआओ रियो, भिटिन्हा, क्रिस्टियानो रोनाल्डो (कप्तान)।

सम्बन्धित खबरहरु