जुम्ला, २० माघ ।
जुम्लामा आज बिहानबाटै हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । आज बिहान साढे ३ बजेबाट हिमपात सुरु भएको हो । बिहानैबाट हिउ परे पनी आहिले सम्म झण्डै आधा फिट भन्दा बढि हिउ जमिनमा छैन । हिउ परेलगतै चिसो बढेको छ । बिहानैबाट ट्युशन पढ्ने बिद्यार्थीहरुको आवतजावत पनी बन्द भएको छ भने अन्य काममा बाधा परिरहेको चन्दननाथ नगरपालिका वडा नम्बर ७ का काली महतले बताइन् ।

जुम्ला लगाएत कर्णालीका अन्य चार जिल्लामा पून हिमपात भएको छ । हिपातसगै चिसो बढ्दा जनजीवन कष्टकर भएको छ । जुम्लाको उच्च स्थानमा करिब आदा फिट जति हिउ जमेको छ भने, बेसी तिर दुइ इन्च जति हिउ जमेको छ । चिसाको कारण पाच वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने भएकोले प्रशस्त मात्रमा झोलीलो खानेकुरा खुवाउन र न्यानो पारेर राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । हिमपात हुदा किसानहरु भने खुसी भएका छन् ।

सम्बन्धित खबरहरु