काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको छ ।

कुल खसेको ७० हजार १९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा धनराज एमाले उम्मेदवार पद्‍मा अर्याल भन्दा ५ हजार ७६६ मतान्तरले अघि हुनुहुन्छ ।

कांग्रेस उम्मेदवार धनराजले ३० हजार ९६९ मत पाउनुभएको छ भने पद्‍माले २५ हजार २०३ मत पाउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १८ मत पाउनुभएको छ ।

प्रदेशसभा २ मा पनि कांग्रेस उम्मेदवारले अग्रता कायम राख्नुभएको छ । कांग्रेसका महेश भट्टराईले १८ हजार ३७८ मत पाउनुभएको छ भने एमालेका वुद्धिमान श्रेष्ठले १६ हजार २४३ मत पाउनुभएको छ ।

 

सम्बन्धित खबरहरु