काठमाडौं । सांसदको सपथ नलिदै माननीयका घरमा सर्वसाधारणमाथी मरणसन्न कुटपिट भएको छ ।

खोटाङ प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भुपेन्द्र राईको घरमा सवारी चालकमाथी निर्घात कुटपिट भएको हो । खोटाङको साविकको याम्खा गा.वि.स.स्थित रातमाटा गाउँमा रहेको सांसद राईको घरमा सवारी चालक नवराज कार्की कुटपिटबाट गम्भीर घाइते भएका छन् ।

उनको घर सिन्धुली रहेको उनी सवारी चालकको रुपमा खोटाङ–काठमाडौं गरिरहेको बुझिएको छ । घाइते कार्की अहिले काठमाडौंस्थित अत्तरखेल मेडिकल कलेजमा उपचाररत छन् । पछिल्लो स्वास्थ्य अवस्था र पीडितको बयान फलोअप सामाग्रीमा अपडेट गर्नेछौ । 

कसरी भयो घटना ?

काठमाडौंबाट चालक कार्कीले आफूले चलाएको गाडीमा भाडा ३ हजार र ३ वटा सुटकेशको भाडा थप १५ सय भनि यात्रुलाई मञ्जुर गराएर खोटाङ सवारी चलाएर पुग्छन् । बीच बाटोमा पुगेपछि चालकले सहमति अनुसारको भाडा माग्छन् ।

तर उक्त यात्रु पहिला कबुल गरेको भाडा दिन मञ्जुर हुँदैनन् । त्यही बेला उनले आफ्ना गाउँका साथीहरूलाई फोन गर्छन् र गाडी गाउँ पुग्न साथ वाद-विवाद सुरु हुन्छ । त्यहाँ चालकमाथि हातपात सुरु हुन्छ । कुटपिटमा संलग्नको विवरण जनबोलीलाई प्राप्त भएको छ किटानी जाहेरीपछि सार्वजनिक गर्नेछौ । 

एक जना चालकमाथी ४–५ जना व्यक्ति खनिन्छन् । समूहमा कुट्दै हामी यहाँको राजा हौ भन्दै मार्नेगरी नै लखेटी–लखेटी कुटपिट गर्छन् । संयोगवस चालक त्यहाँबाट फुत्किन सक्छन् । भाग्दै नव–निर्वाचित प्रदेश सांसद भुपेन्द्र राईको घरमा सुरक्षित महशुस गर्दै पुग्छन् ।

तर त्यो दानवीय समूहले माननीयको सामुन्ने माननीयकै घरमा मरणासन्न हुने अवस्थासम्म कुट्छन् एक प्रत्यक्षदर्शीले बताउनुभयो । तर माननीयले झगडा नगर, यसो गर्नु हुन्न भन्ने बाहेक केहि रोक्ने उपाय वा त्यस्तो समूहलाई नियन्त्रण गर्ने थप प्रयास केही गरेको देखिन्न । माननीयका आँखै अगाडि मानिस गम्भीर घाइते हुन्छन् ।

नव–निर्वाचित सांसदले दिक्तेलबाट एम्बुलेन्स झिकाएर काठमाडौं पठाउँन सहयोग गरेको देखिन्छ । तर उजुरी गराएर कानूनी कारबाहीका लागि पहल गर्नुको सट्टा उल्टै घटना लुकाउन आदेश दिएको स्थानीयको भनाई छ ।

घटना भएको स्थान नै जन-प्रतिनिधिको घर भएकाले हामीलाई आशा छ जनबोलीले उहाँकै पहलमा जाहेरी भएको र प्रहरीले अनुशन्धान थालेको समाचार प्रकाशन गर्न पाउनेछ ।

सम्बन्धित खबरहरु