Pele told fans from the hospital - I'm strong, I'm watching the World Cup

काठमाडौं । ब्राजिलका चर्चित फुटबल खेलाडी पेलेले आफू बलियो भएको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै पेलेले सबैलाई धन्यवाद दिन चाहेको बताए ।

पेलेले आफूलाई आउने सन्देश र ब्राजिलले विश्वकपमा खेलेको देख्दा आफूलाई उर्जा मिलेको बताएका छन् । उनले भनेका छन्, ‘म आशाले भरिपूर्ण छु, बलियो छु र सधैं झैँ मेरो उपचार गरिरहेको छु । मैले पाएको राम्रो हेरचाहको लागि म सम्पूर्ण मेडिकल र नर्सिङ टोलीलाई धन्यवाद दिन चाहन्छु ।’

उनले अगाडि भनेका छन्, ‘म भगवानमा विश्वास गर्छु र संसारभरका मायालु सन्देशहरूले मलाई ऊर्जाले भरिदिन्छ । म पनि ब्राजिललाई विश्वकपमा हेरिरहेको छु ।  यी सबै कुराहरूको लागि धन्यवाद ।’

८२ वर्षीय पेले साओ पाउलोको इजरायलिटा अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना छन् । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार त्यहाँ ल्याइएको थियो । उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

तर शनिबार केही रिपोर्टमा पेलेको अवस्था नाजुक रहेको र केमोथेरापीले उनको शरीरमा कुनै असर नगरेको दाबी गरिएको थियो । पछि अस्पतालले आधिकारिक विज्ञप्ति जारी गर्दै पेले ठीक रहेको र उनको शरीरले उपचारमा प्रतिक्रिया दिइरहेको बताएको हो ।

सम्बन्धित खबरहरु