रौतहट, २० माघ । रौतहटमा गएराति भएको सवारी दुर्घटनामा एक जना पैदल यात्रुको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका ९ मंगलपुर स्थित ट्यांकर दुर्घटना हुदा सिन्धुली जिल्लाको महेन्द्रझाडी निवासी ४० वर्षीय आर्ती राईको घटनास्थलमै मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना. २ ख. ६१६ नम्बरको ट्यांकर अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परेर सिन्धुली महेन्द्रझाडीकै बरियानी राई गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ ।

सम्बन्धित खबरहरु