Reverse Walking ::

काठमाडौं । तपाईं आफ्नो शरीरलाई स्वस्थ राख्न धेरै प्रकारका व्यायाम गर्न सक्नुहुन्छ । विश्वभरका विज्ञहरू हिँड्नुलाई उत्कृष्ट व्यायाम मान्छन्, किनभने यो बालबालिकादेखि वृद्धसम्म जोसुकैले पनि गर्न सक्छन् ।

तर के तपाईंलाई रिभर्स (उल्टो) हिँड्नुका फाइदाहरुबारे थाहा छ ? सीधा अगाडि हिँड्नु भन्दा पछाडिबाट हिँड्दा धेरै लाभ हुन्छ । यसले हाम्रो दिमाग र शरीरबीच राम्रो सन्तुलन सिर्जना गर्ने विज्ञहरू बताउँछन् ।

दैनिक २०–३० मिनेट उल्टो हिँड्ने गर्नाले मिर्गौला, उच्च रक्तचाप र मधुमेह सम्बन्धी समस्या भए आराम मिल्छ । आउनुहोस्, जानौं उल्टो हिँड्दा हुने ६ ठूला फाइदाहरू के छन् ?

घुँडाका लागि फाइदाजनक
उल्टो हिँड्दा घुँडासँग सम्बन्धित समस्याहरू कम गर्न मद्दत पुग्छ । यसले घुँडाको दुखाइ, तनाव र सुन्निे समस्यालाई पनि कम गर्न सक्छ । खुट्टामा चोटपटक वा गठियाबाट पीडित व्यक्तिहरूको लागि उल्टो हिँड्नु लाभदायक मानिएको छ ।

ढाड दुखाइ कम गर्न सहयोगी
उल्टो हिँड्दा लामो समयदेखिको ढाड दुखाइ कम गर्न सकिन्छ । जब तपाईं उल्टो हिँड्नुहुन्छ, तपाईंको पछाडिको मांसपेशिहरु व्यायामको प्रभाव पर्दछ । यसका साथै उल्टो हिँड्दा मेरुदण्डको समस्या र ढाड दुख्ने समस्यामा पनि राहत मिल्छ ।

मानसिक स्वास्थ्यको लागि लाभदायक
ख्याल गर्नुभएको छ भने उल्टो हिँड्दा तपाईंको दिमागले बढी काम र ध्यान केन्द्रित गर्नुपर्छ । यसले मस्तिष्कलाई धेरै व्यायाम दिन्छ । दैनिक उल्टो हिँड्दा डिप्रेसन र एन्जाइटी जस्ता मानसिक रोगबाट पनि छुटकारा पाउन सकिन्छ ।

खुट्टाको बल बढ्छ
उल्टो हिँड्दा खुट्टाको पछाडिको मांसपेशीलाई पनि व्यायाम हुन्छ । यसले तपाईंको खुट्टा बलियो बनाउँछ । सामान्य हिँड्दा खुट्टामा त्यति तनाव हुँदैन जत्ति उल्टो हिँड्दा हुन्छ ।

सन्तुलन सुधार गर्दछ
उल्टो हिँड्दा तपाईंको शरीर र दिमाग बीचको सन्तुलन सुधार हुन्छ । सीधा हिँड्नुको सट्टा, जब तपाईं पछाडि हिँड्नुहुन्छ, दिमाग पूरा शरीरको चालमा हुन्छ । यसले शरीरको सन्तुलन र मनको एकाग्रता पनि बढाउँने विश्वास गरिन्छ ।

तौल घटाउँछ
तौल घटाउन चाहनेहरूका लागि उल्टो हिँड्नु धेरै राम्रो हुन्छ । जब तपाईं उल्टो हिँड्नुहुन्छ, आफ्नो शरीरको अगाडि र पछाडिका भागहरू एकैसाथ सन्तुलनमा राख्नुपर्छ । यससी तपाईं आफ्नो शरीरलाई कसिलो बनाउन सक्नुहुन्छ, जसका कारण तौल छिट्टै घट्छ ।

नोट : यो कुरा सामान्य जानकारीको लागि मात्र हो । उल्टोबाट हिँड्नु अघि, चिकित्सकसँग एकपटक परामर्श लिनुहोस् ।

 

सम्बन्धित खबरहरु