सिरहा, २० माघ । कानुन विपरित सिरहा जिल्लाका माध्यमिक विधालयहरुमा आइतवार देखि अबैध रुपमाटेष्ट परीक्षा सञ्चालन भइरहेको छ ।
आइतवार देखि अबैध टेष्ट परीक्षा विद्यालयहरुले संचालन गरेको हो । परीक्षा सञ्चालनको नाममा विद्यालयहरुले ६ सय देखि १ हजार रुपैया प्रत्येक विद्यार्थीहरुबाट असुल गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय सिरहाका शिक्षा अधिकारी ओम कटुवालका अनुसार नेपालको कानुनमा कतै टेष्ट परीक्षा लिन भनेको छैन तर विद्यालयहरु आफनै मनोमानी तरिकावाट परीक्षा संचालन गरेको बताए । परीक्षा सञ्चालन वारे शिक्षा कार्यालय सिरहालाई कुनै औपचारिक जानकारी नै नभएको उनले बताए ।
पैसा लिएको न कुनै रसिद छ न कुनै प्रमाण नै । सिरहाको कर्जन्हा गाविस स्थित रहेको जन सेवा उच्च माध्यमिक विधालयमा विधार्थीले पैसा दिएको रसिद माग्दा विधालय प्रशासनले नदिएपछि अवैध रुपमा रकम असुल गरेको भन्दै विधार्थीहरुले आइतवारको परीक्षा वहिष्कार गरेपछि जिल्ला भरी सञ्चालन भइरहेको अवैध टेष्ट परीक्षा वारे रहस्य सार्वजानिक भएको हो । यसरी पटक पटक वहाना बनाई विधार्थीसंग विभन्न वहानामा अवैध रुपमा रकम असुल गदै आएको छ ।