काठमाडौं । नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले राजीनामा दिनु भएको छ । उहाँले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजीनामा दिनुभयो ।

डा. कार्की गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा ललितपुर–३ बाट निर्वाचित हुनु भएको छ ।

तर, काउन्सिलको सदस्य पदबाट राजीनामा नदिँई उम्मेदवार बनेको भन्दै उजुरी परेको थियो । निर्वाचन आयोगले उहँको उम्मेदवारी खारेज पनि गरेको थियो ।

तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश जारी गर्यो । काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीको राजीनामाबारे पुष्टि गर्नुभएको छ ।

कार्कीले आइतबार काउन्सिलमा पुगेर राजीनामा दिनु भएको हो । अधिकारीका अनुसार आइतबार उहाँको राजीनामा पत्र पुगेको छ । सो पत्रलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको छ ।

सम्बन्धित खबरहरु