काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दाको पेसी हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सुनुवाई आज तोकेको थियो । सो मुद्दा न्यायाधीशद्वय हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको हो ।

नेकपा एमालेको कारवाहीमा परेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त गर्नुभएन्, सोही आधारमा निर्वाचन आयोगले पनि एकीकृत समाजवादी नामक दल दर्ता गरायो ।

त्यसैको विरुद्धमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गर्नुभएको हो । सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिनासम्म निरन्तर संसद अवरुद्ध पनि गर्दै आएको थियो ।

सम्बन्धित खबरहरु