काठमाडौं । मंसिर महिनाको सुरुवात सँगै अन्य व्यक्तिहरु जस्तै कलाकारहरुले पनि विवाह गर्ने लर्को नै लागिरहेको छ ।

विवाह गर्दा अन्य व्यक्तिहरुको जमघटमा आफन्तहरु र छिमेकीहरुको उपस्थित हुर्ने गर्देछ भने कलाकारहरको विवाहमा आफन्तहरु भन्दा कलाकारहरुको जमघटले निकै तामझाम बन्ने गर्दछ ।

तसर्थ फरक यत्ति मात्र हो कलाकारहरुको विवाह बढी चर्चाको बिषय बनेको देखिन्छ । यसै बिच नायक सलोन बस्नेत र करिश्मा केसी विवाह बन्धनमा बाधिएका छन् । उनीहरु लामो समयको प्रेम समबन्धपछि वैवाहिक सम्बन्धमा परिणत भएका छन् ।

बस्नेतको बिवाह १० र ११ गते चन्द्रगिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सन भव्य तरिकाले समपन्न भएको छ ।

यसै क्रम्मा १४ गते राखिएको रिसेप्सन कार्यक्रमा धेरै कलाकारहरुको उपस्थितले माहोल निकै रमणीय रहेको थियो । उक्त दिन अनमोल केसी, दीपकराज गिरी, दिपा श्री निरौला, रेखा थापा, प्रशान्त ताम्राकार, भुवन केसी, सुसिल नेपाल, केदार घिमिरे, आचल शर्मा, आकाश श्रेष्ठ, पूजा शर्मा लगाएतका थुप्रै कलाकारहरुको उपस्थित रहेको थियो । जहाँ सबैले सलोन र करिश्मालाई विवाहको शुभकामना दिएका थिए ।

उक्त विवाहको जमघटमा पहिलो पटक थापाले आफूसँगै श्रीमान ‘बलराम शाही’ लाई ल्याएर आएकी थिइन ।

लामो समयसम्म फिल्म क्षेत्रमा एक छत्र राज गर्ने सफल भएकी नायिका थापाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझासँग गरेकी थिइन । ओझासँगको समबन्धमा दरार आएपछि डिभोर्स गरेकी उनले लामो समय पछि दास्रो विवाह गरेकी हुन ।

यसै बिच सो विवाहमा शाहीले उपस्थित जनाउँदै श्रीमती थापाको बारेमा धेरै कुराहरु खुलेर व्यक्त गरेका छन् । जहाँ उनले श्रीमती थापालाई मैले भित्रि मनले धेरै चिनेको छु । उहाँ निकै सुन्दर, दयालु रहेको र मेरो लागि सपनाको परी रहेको बताए ।

एक छुट्टै प्रशंगमा बच्चाको विषलाई लिएर बोल्दै गर्दा थापाले अहिले केही पनि नसोचेको बताएकी छन् भने, उनका श्रीमान शाहीले भने यस्तो सुन्दर रुपबाट कस्तो बच्चा जन्मिने हो हेर्न आफू आतुर रहेको बताएका थिए ।

सम्बन्धित खबरहरु