काठमाडौं । पछिल्लो समय घरमा सामान्य झगडा हुँदा श्रीमान–श्रीमतीको खटपटले गर्दा सम्बन्धमा दरार पैदा हुने गरेको छ ।

सम्बन्धमा खटपट भएका कारण श्रीमान वा श्रीमती अर्कै परपुरुष वा महिलासँग सम्बन्ध राखेर एकाएक फरार हुनेको संख्या दैनिक रुपमा बढ्दै गएको छ ।

यस्ता अनैतिक क्रियाकलापहरु गर्दा केही क्षण सुख र खुशीको अनुभव प्राप्त भएतापनि आफ्नो परिवारमा भने निकै समस्या उत्पन्न हुने गर्दछ । समबन्धमा दरार आउँदै गर्दा कतिपयले आत्महत्याको प्रयास अपनाउने गर्दछन तर सो विधि अपनाउनु भनेको मानवको मूर्खता रहने गर्दछ ।

यो झनै ठूलो अपराध हो । तसर्थ अनैतिक विधिको पछि नपरी कानूनीय रुपमा अगाडि बढ्न नै उपयुक्त हुने गर्दछ । यसै क्रममा मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा देवरले भाउजु लिएर फरार भएपछि उनीहरुको घरमा श्रीमती श्रीमान र छोराछोरीको बिचल्ली भएको छ ।

नाताले भाउजु पर्ने महिला लिएर श्रीमान गंगा बहादुर बुढाथोकी फरार भएपछि उनकी श्रीमती राधिका बुढाथोकीले श्रीमान गंगालाई खोज्दै हिडेकी छन् ।

१३ दिने दाजुभाई पर्नेकी श्रीमती लिएर फरार भएका गंगाले ११ वर्ष अगाडि राधिकालाई विवाह गरेका थिए । उनकी एक नाबालिग छोरी समेत रहेकी छन् ।

मंसिर २ गते साउदीबाट आएका गंगा बहादुरले ५ महिनाको बसाइ पछि आफू बिरामी भएको अवस्थामा फलफुल लिन हिडेका श्रीमान गंगा भाउजुलाई लिएर सम्पर्क बिहिन भएको उनकी श्रीमती राधिकाको भनाइ रहेको छ ।

फरार भएको केही समयमा समपर्कमा आएका गंगाले छोरीलाई म थाइल्याण्ड गएको छु भन्ने गरेका थिए तर पछि राधिकासँग कुरा गर्दा मलाई बस्न दिएनौ अब म ४, ५ वर्षपछि घर फर्कने बताएका थिए ।

तलाई छोडछु तर साथिलाई छोड्न सक्दैन भन्दै आएका श्रीमान गंगाले छोरी र आफूलाई निकै माया गर्दा गर्दै भाउजु लिएर फरार भएको राधिकाको भनाइ रहको छ । उनका अनुसार गाउँमा ऋण भएका कारण आफूलाई घर चलाउन निकै गाह्रो भएको हुनाले श्रीमान गंगालाई घर फर्कन आग्रह समेत गरेकी छन् ।

सम्बन्धित खबरहरु