SHOVIT BASNET VS PRAKASH SUBED :

काठमाडौं । कुनै समय धेरै संख्यामा फिल्म बनाएर परिचित भएका निर्देशक शोभित बस्नेत फिल्म बनाउँदा होस वा नबनाउँदा उनी चर्चामा भने सधै रहिरहने गर्दछन् ।

उनी चर्चामा रहिरहनु भनेको फिल्म भन्दा पनि उनले दिने अभिव्यक्तिले गर्दा बेलाबखत चर्चामा आइरहने गर्दछन् ।

बस्नेतले बोलेका कतिपय शब्दहरु विवाद पनि पर्ने गर्देछन् । यसरी विवादमा पर्दा दर्शकबाट धेरै ताली भन्दा गाली आएपनि उनी आफूलाई केही फरक नपर्ने बताउँदै आएका छन् ।

यसै बिच केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै छोरा सलोन बस्नेतको विवाहमा आफूले अरु सबैलाई बोलाउने तर एक वरिष्ठ पत्रकारलाई नबोलाउने अभिव्यक्ति दिएका थिए । उनले सो अभिव्यक्ति दिदै गर्दा वरिष्ठ पत्रकारको नाम भने खुलाएका थिएनन् ।

गत शनिबार ‘द प्रकाश सुवेदी शो’ मा अथितिका रुपमा आएका बस्नेतले पत्रकार तथा रजतपट शोका प्रस्तोता प्रकाश सुवेदीलाई छोराको विवाहमा नबोलाउने भनेको खुलासा गरे ।

‘शोले भन्ने फिल्म राम्रो भयो भने अमिताभ र धर्मेन्द्र जस्तो हो यदी नराम्रो भयो भने धर्मेन्द्र र गब्बसिंह जस्तो हो’ भन्दै आएका बस्नेतले उक्त शोमा पत्रकार सुवेदी बारे झनै चकित हुने खुलासा गरे ।

उनले सुवेदीको फोटो लेमिनेशन गरेर चर्पीको कम्बोडमा र अर्को फरक कोणका पत्रकार अनुप भटराईलाई घर भित्र जाँदा जुता चप्पल पुछ्ने ठाउँमा फोटो राखेर दसैँ विताएको सोही शोमा बताए ।

पत्रकार सुवेदीले बस्नेतका छोरा सलोन माथि अनेक आरोप लगाएकाले खेप्न नसकेर सलोन दसैँभर रुदै बसेका कारण मनमा शान्ति प्राप्त गर्नका लागि आफूले यस्तो विधि अपनाउनु परेको बस्नेतको भनाइ रहको थियो । उनी बताउँछन् तपाई २ पत्रकारहरुले गर्दा मेरो घर परिवार १ महिना सुखमय हुन सकेन ।

आफूलाई कसैले केही भन्दा त्यति फरक नपरे पनि छोरालाई लिएर अनेक टिक्काटिप्पणी भएका कारण यस्तो बोल्नु आफ्नो बाध्यता रहेको बस्नेतले जनाएका छन् । उनले भन्ने गर्दछनः फिल्म क्षेत्रमा यस्तोसँग दुस्मनी नगरौं जहाँ दोस्ती गर्ने ठाउँ नहोस, यस्तोसँग दोस्ती पनि नगरौं जहाँ दुस्मनी गर्ने ठाउँ नहोस ।

सानै देखि नाटकहरुमा अभिनय गर्दै आएका बस्नेतले अहिले सम्म थुप्रै नाटकहरुमा अभिनय सहित २६ वटा टेलिश्रृङ्खलाहरुको निर्देशन समेत गरिसकेका छन ।

अभिनेता भुवन केसी र निर्देशक सूर्य बोहोराका कारण चलचित्रमा होमिएका बस्नेतले अहिले सम्म करिब ३५ ओटा चलचित्रको निर्देशन तथा निर्माण गरिसकेका छन् । उनीद्धारा निर्देशित सुपरहिट चलचित्र आर्मी, कर्णबीर, धूम, राजु राजा राम, बारुद, चिनो लगाएतका थुप्रै रहेका छन् ।

 

सम्बन्धित खबरहरु