3 people traveled in ship rudder 3200 km in 11 days : काठमाडौं । विदेश यात्रा सबैका लागि सहज हुँदैन् । अझ राम्रो देश जानका लागि त एकदम धेरै गाह्रो प्रक्रिया र धेरै रकम लाग्छ ।

एक समय थियो, जब मानिसहरू विदेश जान समुद्री जहाजमा निर्भर हुन्थे । तर समय बद्लियो, हवाई जहाजले पानीजहाजको ठाउँ लियो ।

अहिले समुद्री जहाजहरू मान्छेका लागि भन्दा पनि आयात–निर्यात र सुरक्षाका लागि बढी प्रयोग हुन्छन् । तर यसपटक ३ जना व्यक्तिले आफ्नो बैदेशिक यात्राका लागि समुद्री जहाजलाई रोजेर संसारलाई चकित पारेका छन् ।

तीनै जना पानी जहाजमा सवार भएको भए कुनै अचम्मको कुरा हुने थिएन् । वास्तवमा तीनै जनाले जहाजको तल्लो भाग ‘रुडर’ मा बसेर हजारौँ किलोमिटरको खतरनाक यात्रा गरेका छन् ।

तीन जनाले जहाजको तल्लो भागमा ११ दिन बिताए र ३२०० किलोमिटरको खतरनाक यात्रा पूरा गरेका हुन् । जहाजको तल्लो भाग अर्थात ‘रुडर’ जसमा उनीहरू बसेका थिए, त्यहाँबाट केही इन्चको फरकमा समुद्री छालहरू थिए । तीनै जनाले नाइजेरियाबाट क्यानरी टापु जाने निर्णय गरेका थिए । टिकटको पैसा जोगाउन यस्तो तरिका अपनाएको खुलेको छ ।

जुन जहाजमा ती तीन जनाले यात्रा गरे, त्यो तेल ट्याङ्कर जहाज अलिथिनी २ थियो । तपाईंलाई जानकारी गराउ रुडर भनेको कुनै पनि जहाजको तल्लो भाग हो, जसले जहाजलाई दिशा दिन मद्दत गर्दछ ।

जहाजमा यो भाग यति तल पर्छ कि यसले समुन्द्रको पानीलाई छोइरहेको हुन्छन् । स्पेनिस कोस्ट गार्डले सोमबार तीनै जनाको तस्विर साझा गर्यो, जसमा उनीहरू ‘रुडर’ माथि बसेका छन् । उनीहरूका खुट्टा समुद्रको छालहरूबाट केही इन्च मात्र टाढा छन् ।

यसरी यात्रा गरेर यी तीनजनाले आफ्नो ज्यान जोखिममा राखेर स्वास्थ्यसँग गम्भीर खेलवाड गरेका छन् । अधिकारीहरुका अनुसार यो खतरनाक र लामो यात्राका कारण तीनै जना डिहाइड्रेसन र हाइपोथर्मियाबाट ग्रस्त भए ।

यस सम्बन्धमा आप्रवासन सल्लाहकार सेमा सन्तना भन्छिन्, ‘टिकटविना यात्रा गर्न खोजिएको यो कुनै पहिलो र अन्तिम पटक होईन् ।’ उनका अनुसार टिकटविना यात्रा गर्नेको भाग्य सधैं साथमा हुँदैन ।

यी तीन जना यात्रु १७ नोभेम्बरमा नाइजेरियाको लागोस सहरबाट निस्किएको जहाजमा सवार थिए । ११ दिनको यात्रामा यो जहाजले ३ हजार २ सय किलोमिटरको दूरी तय गर्दै स्पेनको सीमामा प्रवेश गरेको थियो ।

यसअघि पनि एक नाइजेरियाली किशोरले आफ्नो अनौठो कर्मले विश्वलाई चकित पारेका थिए । एक १४ वर्षीय किशोरले सन् २०२० मा पनि यस्तै यात्रा गरेर १५ दिनमा लागोसबाट स्पेनसम्मको यात्रा गर्न सफल भएका थिए ।

१५ दिनको यात्रामा उनले समुन्द्रको पानी पिउँदै रुडरमाथि भएको प्वालमा सुतेका थिए । योसँगै २०२० मा पनि यस्तै खालको यात्रा गरेर १० दिनमा ४ जना व्यक्ति स्पेन पुग्न सफल भएको बताइन्छ ।

ती मानिसहरू रुडरको पछाडि कोठामा लुकेर गएका थिए । चोर बाटो हुँदै अमेरिकाजस्ता देशहरूमा जानका लागि धेरै नेपालीहरूले धेरै अफट्यारो बाटो रोज्ने गरेका छन् । यहाँसम्म कि कतिपयको बीच बाटोमा ज्यान समेत जाने गरेको छ ।

 

सम्बन्धित खबरहरु