Brazil vs South Korea : काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को प्रि–क्वाटरफाइनल अन्तर्गत आज विश्व विजेता ब्राजिल र एसियाली मुलुक दक्षिण कोरियाबीच भिडन्त हुँदैछ ।

खेल स्टेडियम ९७४ रास अबू अबौदमा हुनेछ । राति १२ः४५ मा हुने खेलमा विजेता टोली अन्तिम ८ (क्वाटरफाइनल) मा पुग्नेछ । दक्षिण कोरियालाई अन्तिम १६ मा स्थान सुरक्षित गर्न पोर्चुगलसँगको खेलमा जीत आवश्यक थियो ।

नभन्दै जित्यो र उपविजेता बन्दै दक्षिण कोरिया अन्तिम १६ मा आइपुग्यो । आज सोमबार हुने निर्णायक खेलको तयारीमा दुवै टोली विश्वकपको मञ्चमा भिड्दै आएका छन् । हामीले अन्तिम १६ का खेलमा घमसान युद्धको आशा गर्नु हुँदैन, किनकि टोलीहरूले सात मैत्री खेलहरूमा कहिले बराबरी त कहिले हार खेप्दै आएका छन् ।

तर यो नकआउट चरण भने ठूलो भिडन्त हो । यी दुई टोलीले मैत्रीपूर्ण खेल खेलेका छन् । पछिल्लो मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५–१ ले हराएको थियो।

उक्त दिन रिचार्डसन, नेयमार, फिलिप काउटिन्हो र गाब्रियल जेससले एक–एक गोल गरेका थिए । त्यस दिन दक्षिण कोरियाको एक मात्र गोल ह्वाङ उइ–जोले गरेका थिए । ब्राजिल र दक्षिण कोरियाबीच कुल ७ खेलमा ब्राजिलले ६ र दक्षिण कोरियाले १ खेल जितेको छ ।

प्रतियोगितामा आफ्नो पहिलो गोल समेत गरेका रिचर्डसनले दुई गोल गर्दै ब्राजिललाई विश्वकप अभियानमा बलियो सुरुवात गराएका थिए । समूह चरणमा ब्राजिलका साम्बाको उत्कृष्ट प्रदर्शनले सर्बियामाथि २–० ले विजयी यात्रा बलियो बनाएको थियो ।

कासेमिरोले गरेको खेलको एकमात्र गोलले स्विट्जरल्यान्डसँगपनि १–० को जीत दिलायो । प्रशिक्षक टिटेले ब्राजिलका उत्कृष्ट खेलाडीलाई क्यामरुन विरुद्ध आफ्नो सुरुवाती लाइनअपमा विश्राम दिने निर्णय गरे । किनभने ब्राजिल पहिले नै योग्य भइसकेका कारण नकआउट चरणका लागि तयारीमा रहन उत्कृष्ट खेलाडीहरुले विश्राम लिएका थिए । तसर्थ ब्राजिल क्यामरुनसँग १–० ले हारेको थियो ।

पोर्चुगलसँगको खेलमा दक्षिण कोरियाले अप्रत्यासित नतिजा निकाल्यो । २–१ गोलको जीतले दक्षिणलाई समूह चरणको एक मात्र जितलेपनि समूह एचमा दोस्रो स्थानमा रहन मद्दत गर्‍यो।

यसले विश्वकपको नकआउट चरणमा प्रवेशको ढोका उघारिदियो । यसअघि उसले आफ्नो पहिलो खेलमा विश्वविजेता उरुग्वेसँग बराबरी खेलेको थियो भने दोस्रो समूहको खेलमा घानासँग ३–२ ले पराजित भएको थियो ।

सम्भावित लाइनअप

ब्राजिल: एलिसन; सिल्वा, डैनिलो, मिलिटाओ, मारक्विनहोस; नेमार, पैक्वेटा, कासेमिरो; विनीसियस जूनियर, राफिन्हा, रिचर्डसन

दक्षिण कोरिया: सेउंग-ग्यू; यंग-ग्वोन, जिन-सु, मून-ह्वान, मिन-जे; वू-यंग, इन-बीओम; ह्युंग-मिन, ही-चान, कांग-इन; ग्यू-सुंग

नेयमार सहित उत्कृष्ट घाइते ४ खेलाडी मैदानमा आउँछन् की आउँदैनन् ?

ब्राजिललाई चोटले तनाव दिएको छ। मुख्य खेलाडी नेयमार घाइते भएर मैदानमा उत्रन नसकेको अवस्थामा थप २ खेलाडी पनि घाइते भएका थिए । नेयमारसँगै चोट बोक्ने खेलाडीको संख्या ४ पुगेको छ।

स्ट्राइकर ग्राबियल जिसस र डिफेन्डर एलेक्स टेसाल घाइते भएका हुन्। समूह चरणको अन्तिम खेलमा क्यारुनविरुद्ध मैदान उत्रदाँ उनीहरु घाइते भएका हुन्। उनीहरु दुबैले कतार विश्वकपका आगामी खेलहरु गुमाउने बताइएको छ।

अब ब्राजिलले नकआउट चरणको पहिलो खेल एसियाली टिम दक्षिण कोरियासँग खेल्दैछ। मुख्य खेलाडी नेयमार घाइते भएर खेल्ने–नखेल्ने भन्ने तय भइनसकेको अवस्थामा थप २ खेलाडी घाइते भएपछि ब्राजिलियन टिममा तनाब बढेको छ। यद्यपी अन्तर्राष्ट्रिय मिडियाको दावी अनुसार नेयमार भने आजको खेलमा मैदानमा उत्रिनेछन् ।

 

सम्बन्धित खबरहरु