malaika arora gets emotional on ex husband question farah khan funnny comment on it : काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो विगत सम्झेर निकै भावुक भएकी छिन् । यहाँसम्म कि कुरा गर्दा उनको आँशु पनि आयो ।

यतिबेला अभिनेत्री हरोडाले ओटीटीमा डेब्यु गरेर चर्चा पाइरहेकी छिन् । उनको रियालिटी शो ‘मुभिङ इन विथ मलाइका’ प्रशंसकहरूलाई मनोरञ्जन दिनका लागि तयार हुँदैछ ।

मलाइकाले आफ्नो इन्स्टाग्राममा शोको टिजर सार्वजनिक गरिन्, जसमा उनले अभिनेता अरबाज खानसँगको सम्बन्ध विच्छेदलाई पनि स्मरण गरेकी छिन् ।

फराह खानसँग जोडिएको आफ्नो जीवनसँग सम्बन्धित निर्णयका बारेमा पनि खुलेर कुरा गरिन् । मलाइका अरोडा शो मार्फत आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित नयाँ खुलासाहरू फ्यानहरूसँग साझा गर्दैछिन् ।

टिजरको कुरा गर्दा, मलाइका आफ्नो सबैभन्दा मिल्ने साथी करिना कपूर (खान) र फराह खानसँग कुरा गर्दैछिन् । त्यस क्रममा मलाइका केही समयका लागि निकै भावुक पनि भइन् ।

आफ्ना पूर्व पति अरबाज खानसँग भएको सम्बन्विच्ेछबारे पनि उनले कुरा गरेकी छिन् । सोही क्रममा आफ्नो जीवनसँग सम्बन्धित निर्णय सम्झेर उनी भावुक भएकी हुन् ।

भिडियोमा फराहसँगको आफ्नो विगतबारे कुरा गर्दै मलाइका भन्छिन्, ‘मैले जीवनमा लिएका सबै निर्णयहरू सही थिए ।’ त्यसपछि उनले आफ्नो आँसु पुछ्दै गरेको देखियो, जसमा फराह भन्छिन्, ‘रूँदा पनि तिमी सुन्दर देखिन्छ्यौँ ।’ फराहको यो जवाफमा दुवै जना हाँस्छन् । मलाइका र अरबाजको सम्बन्धविच्छेद बलिउडका लागि पत्याउन गाह्रो पर्ने खरबहरूमा एक थियो ।

मलाइका अरोडाले सन् १९९८ मा सलमान खानका भाइ अरबाज खानसँग विवाह गरेकी थिइन्, त्यसपछि दुवैले १८ वर्षपछि अर्थात २०१७ मा सम्बन्धविच्छेद गरेका हुन् । तर, केही समयपछि मलाइका र अभिनेता अर्जुन कपूर प्रेम सम्बन्धमा रहेको खबर आयो ।

दुवैले आफ्नो सम्बन्धलाई स्वीकार पनि गरिसकेका छन् । अर्कोतिर अरबाज पनि मोडल जर्जिया एन्ड्रियानीसँग प्रेम सम्बन्धमा रहेको बताइन्छ । मलाइकाको नयाँ शो भारतीय समयानुसार आज राति ८ बजे हटस्टारमा आउनेछ ।

 

सम्बन्धित खबरहरु