काठमाडौं । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा सोमबार बिहान भीडभाडको समयमा सार्वजनिक यातायातको बस र ट्राम ठोक्किँदा कम्तीमा १९ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


डेमिरोरेन समाचार एजेन्सीका अनुसार उक्त बस शहरको युरोपेली भागमा रहेको इयुपसुल्तान जिल्लास्थित रेलवे मार्ग पार गर्ने क्रममा दुर्घटना भएको हो।
घटनास्थलमा एम्बुलेन्स र अग्निनियन्त्रकहरू उद्दारका निम्ति पुगेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
बस र ट्राम दुबै यात्रुहरूले भरिएका थिए ।

दुर्घटनाले बसमा ठूलो क्षति पुर्याएको छ भने सो समयमा सडकमा गुडिरहेको एउटा अर्को गाडीमा समेत क्षति पुगेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

गौरादह नगरपालिकामा निःशुल्क एम्बुलेन्स
झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

यसै वर्षदेखि सुरु गरिएको यो कार्यक्रममा अहिलेसम्म एक सय ४५ गर्भवतीले सेवा लिएका छन् । गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज बनाउनका लागि यो कार्यक्रम सुुरु गरिएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो

यो कार्यक्रमले महिलालाई प्रसूति गराउन अस्पतालसम्म पुग्न सहज भएको उहाँको भनाइ छ । झापा, मोरङ र सुनसरीसम्मका अस्पतालमा प्रसूति गराउन जाने महिलाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी नगरपालिकाले नगर अस्पतालमा समेत विशेषज्ञ सेवा सुरु गरेको छ । तीन चिकित्सकले दैनिक बिरामी जाँच गर्ने गरेको श्रेष्ठले बताउनुभयो । अस्पतालले ल्याब, जेनरल ओपिडी र कुष्ठरोगसम्बन्धी सेवा दिइरहेको छ । पन्ध्र शय्याको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने नगरपालिकाको तयारी छ । रासस

सम्बन्धित खबरहरु