काठमाडौं । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा लागुऔषध तस्करीमा संलग्न रहेको आरोपमा अफगान प्रहरीले १२ जनालाई पक्राउ गरेको प्रान्तीय प्रहरी कार्यालयले सोमबार एक विज्ञप्तिमा जनाएको छ ।


पक्राउ परेकाहरूको साथबाट १२ केजी अवैध लागुऔषध चरेस र हेरोइन निर्माणमा प्रयोग हुने पदार्थ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

अवैध लागुऔषध विरुद्धको यस्तै अर्को कारबाहीमा प्रहरीले गत हप्ता पश्चिम घोर प्रान्तमा तीनवटा लागुऔषध प्रशोधन प्रयोगशाला फेला पारेको थियो।
तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारले देशलाई लागुऔषधको दुव्र्यवहारबाट मुक्त नभएसम्म अफिम खेती, यसको प्रशोधन र लागुऔषध ओसारपसारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ।

गौरादह नगरपालिकामा निःशुल्क एम्बुलेन्स
झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

यसै वर्षदेखि सुरु गरिएको यो कार्यक्रममा अहिलेसम्म एक सय ४५ गर्भवतीले सेवा लिएका छन् । गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज बनाउनका लागि यो कार्यक्रम सुुरु गरिएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो

यो कार्यक्रमले महिलालाई प्रसूति गराउन अस्पतालसम्म पुग्न सहज भएको उहाँको भनाइ छ । झापा, मोरङ र सुनसरीसम्मका अस्पतालमा प्रसूति गराउन जाने महिलाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी नगरपालिकाले नगर अस्पतालमा समेत विशेषज्ञ सेवा सुरु गरेको छ । तीन चिकित्सकले दैनिक बिरामी जाँच गर्ने गरेको श्रेष्ठले बताउनुभयो । अस्पतालले ल्याब, जेनरल ओपिडी र कुष्ठरोगसम्बन्धी सेवा दिइरहेको छ । पन्ध्र शय्याको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने नगरपालिकाको तयारी छ । रासस

सम्बन्धित खबरहरु