काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभामा निर्वाचित दीपक मनाङेले नेकपा एकीकृत समाजवादी रोज्नु भएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहनु भएका मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार पार्टीमा स्वागत गर्नुभयो । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनु भएका मनाङे निर्विरोध निर्वाचित हुनु भएको थियो ।

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनु भएको छ । पार्टी प्रवेशपछि मनाङेले जारी विज्ञप्तिमा भनिएको छ, ‘राजनीति कमाउनका लागि होईन् सेवाभावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यक्ता र हाम्रो दायित्व हो ।

यहीँ कुरालाई मनन गर्दै मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिँए । तर परिवर्तित परिस्थितिमा एक्लै रहनु भन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसको नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा म पुगेको छु ।’

सम्बन्धित खबरहरु