japan vs croatia :: काठमाडौं । जारी विश्वकपमा एसियाली मुलुक जापान घर फर्किएको छ । भर्खरै सम्पन्न खेलमा क्रोएसियासँग पराजित हुँदै नकआउट चरण पार नगर्दै जापान घर फर्कियो ।

कतारको अल जनोव मैदानमा राति पौने नौं बजेदेखि सुरु भएको खेलमा निर्धारित र थपिएको समयमा समेत दुबै टोलीको १–१ गोल बराबरी भयो । त्यसपछि खेल पेनाल्टीमा गयो ।

पेनाल्टीमा क्रोएसियाका तीन खेलाडीले गोल गर्न सफल भए भने जापानका एक जनाले मात्र गोल गरे । जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बनेर अन्तिम १६ मा आएको थियो ।

पेनाल्टीमा क्रोएसियाका मारियो पासालिक, मार्सेलो ब्रोजोभिक र निकोला भ्लासिकले गोल गरे । क्रोएसियाका मार्को लिभाजा भने गोल गर्न चुके । जापानका ताकुमा आस्नोले गोल गर्न सके भने अरु तीन खेलाडी गोल गर्न चुके ।

यसअघि खेलको ४३औं मिनेटमा जापानका दायमा माएदोले गोल गर्दै देशलाई जीतको आशा दिलाएका थिए । तर ५५औं मिनेटमा क्रोएसिया इवान पेरिसिकले गल गर्दै बराबरी कायम गरे । त्यसपछिको निर्धारित समय र थपिएको समयमा समेत दुबै टोलीको गोल हुन सकेन ।

 

सम्बन्धित खबरहरु