Brazil vs South Korea ::

काठमाडौं । विश्वकप फुटबलको अन्तिम १६ को खेलमा अहिले राति ब्राजिल दक्षिण कोरियासँग भिड्दैछ ।

चोटका कारण यसअघि दुई खेल गुमाएका विश्व चर्चित ब्राजिलीयन खेलाडी नेयमार यो खेलमा मैदानमा हुनेछन् । भर्खरै सार्वजनिक लाइनअप अनुसार नेयमार १०औं नम्बरको जर्सी लगाएर अग्रपंक्तिमा हुनेछन् ।

आज ब्राजिलले ४–२–३–१ को सेटमा खेल्नेछ । खेल रक्षात्मक सुरुवात गर्नेछ । सुरुमा गोलरक्षक एलिसन, एडर मिलिटाओ, मारक्विनहोस, टी सिल्वा, डेनिलो, कासेमिरो, लुकास पक्वेटा, रफिन्हा, नेमार, वी. जूनियर र रिचर्डसन मैदानमा हुनेछन् ।

एलिसन – ब्राजिलको नम्बर एक जर्सीले यो टूर्नामेन्टमा अझै बचाउन धेरै संघर्ष गर्नु परेको देखिन्न । एलिसन विश्वकै सर्वाधिक महङ्गा गोलकिपर हुन् ।

एडर मिलिटाओ – स्विट्जरल्याण्ड र क्यामरुन विरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने दुई खेलाडी मध्ये एक ब्राजिलका एडर मिलिटाओ फिटनेस संघर्षका लागि स्पिनमा तेस्रो आउटिङको लागि लाइनमा हुनेछन् ।

थियागो सिल्वा – उनी निक्कै संघर्षशील खेलाडी हुन् । उनी आफ्नो लागि भन्दापनि टीमलाई सफल बनाउँन संघर्ष गर्न मन पराउँछन् । उनीपनि मैदानमा हुनेछन् ।

कासेमिरो – स्विट्जरल्याण्ड विरुद्धको खेलमा नेयमारपछि संसारका सर्वश्रेष्ठ मिडफिल्डर भनिएको छ । उनको खेलमा टोलीलाई पास निकाल्ने कलामा जादु छ ।

रिचर्डसन – ब्राजिलसँगको यो विश्वकपको आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको क्रममा रिचार्लिसनले पहिलो खेल सुरु गरेका हुन् । फाइनलमा ९० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोपा अमेरिका २०१९ को उपाधि जिताउने उनै हुन् ।

विनीसियस जूनियर – नेयमार उनका आदर्श हुन । नेयमार मैदानमा भएपनि अझैपनि चोटको सामना गरिरहेका छन् । तर नेयमारको पूर्ती गर्न विनीसियस जूनियर उत्कृष्ट हुनसक्छन् ।

सम्बन्धित खबरहरु