काठमाडौं । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले ४४ सिट जितेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रत्यक्षतर्फ १६५ सिटमध्ये नेकपा एमाले ४४ सिटमा विजयी हुँदै एमाले दोस्रो दल बनेको हो । एमाले अध्यक्ष केपी ओलीसहित ४४ जना निर्वाचित भएका छन् ।

सङ्घीय चुनावको प्रत्यक्षतर्फ अधिकांश क्षेत्रमा एकल उम्मेदवारी दिएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल जस्ता प्रमुख नेता भने पराजित हुनुपर्यो । सत्ता गठबन्धनका उम्मेदवारसँग एकल चुनाव लडेको एमाले केही क्षेत्रमा झिनो मतान्तरले पराजित भयो ।

प्रत्यक्षतर्फ निर्वाचित मध्ये एमालेका चार महिला र ४४ पुरुष सांसद रहेका छन् । समानुपातिक तर्फ भने नेकपा एमाले अगाडि रहेको छ । यी हुन् नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधि सभा विजयी सांसदहरू

  • ४३ बैतडी क्षेत्र नम्बर १ बाट दामोदर भण्डारी
  • ४४ कञ्चनपुर क्षेत्र नम्बर १ बाट तारा लामा तामाङ

सम्बन्धित खबरहरु