काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा पाँच जना आतङ्ककारी मारिएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार इकाइका अनुसार खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तानस्थित झल्लार जिल्लाको अल्गाद क्षेत्रमा गरिएको कारबाहीमा एक जना सैनिक जवानको पनि मृत्यु भएको छ । कारबाहीका क्रममा सुरक्षा बल र आतङककारीबीच भीषण गोली हानाहान भएको थियो ।

मारिएका आतङ्रीबाट हतियार र गोलाबारुद बरामद गरिएको छ । उनीहरूले सुरक्षा बलविरुद्ध आतङ्ककारी गतिविधि गरेका तथा निर्दोष नागरिकलाई आक्रमणको निशाना बनाउँदै आएका थिए । उक्त क्षेत्रमा सैन्य कारबाही जारी छ ।

युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’ ः गभर्नर
एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रूसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिनुभएको छ ।

कुर्स्क एयरफिल्डको क्षेत्रमा ड्रोन आक्रमणको परिणामस्वरूप एउटा तेल भण्डारण ट्याङ्कीमा आगो लागेको तर कुनै हताहत नभएको गभर्नर रोमन स्टारोवोइटले समाजिक सञ्जालमा जानकारी दिनुभएको छ । रासस

सम्बन्धित खबरहरु