A student died in Germany after being stabbed

काठमाडौं । दक्षिणी जर्मनीमा विद्यालय जाँदै गरेका विद्यार्थीहरूमाथि एक व्यक्तिले चक्कु प्रहार गरेका छन् । आक्रमणमा एक १४ वर्षीया छात्राको मृत्यु भएको छ भने अर्की १३ वर्षीया बालिका घाइते भएकी छिन् ।

प्रहरीका अनुसार संदिग्ध आक्रमणकारीले सोमबार बिहान इल्लर्किर्चबर्ग गाउँमा रहेको शरणार्थी शिविरबाट बाहिर निस्केर विद्यार्थीमाथि आक्रमण गरेका हुन् ।

त्यसपछि एक बालिकाको अस्पतालमा मृत्यु भयो । यसमा संलग्न भएको आरोपमा जर्मन प्रहरीले २७ वर्षीय युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी इरिट्रियाका शरणार्थी हुन् ।

घटनापछि, अधिकारीहरूले नजिकैको भवनमा खोजी गरेर संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेका हुन् । उनको साथबाट आक्रमणमा प्रयोग भएको चक्कु पनि बरामद गरिएको छ ।

घटनामा संलग्न भएको आरोपमा अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । शंकास्पद व्यक्तिलाई प्रहरीको निगरानीमा अस्पतालमा राखिएको छ । अस्पतालमा उनको उपचार हुँदैछ ।

एक विज्ञप्ति जारी गर्दै प्रहरीले यस घटनालाई विदेशी वा शरणार्थीविरुद्ध भावना भड्काउनका लागि प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार १३ वर्षीया बालिकाको उपचार हुँदैछ । उनको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु