काठमाडौं । आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका तीनजना थुनामुक्त भएका छन् ।

इन्गेजमेन्ट टुटेपछि २७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगेर आफैंमाथि पेट्रोल खन्याएर जलाएकी थिइन् ।

उपचारका क्रममा ती महिलाको मृत्यु भएको हो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चार जनामध्ये तीनजना थुनामुक्त भएका हुन् ।

अहिले मृतक नुवाकोटी न्यौपानेसँग इन्गेजमेन्ट तोडेका युवक २९ वर्षीय सुधन संग्रौला मात्रै हिरासतमै छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले यसको पुष्टि गर्नुभयो ।

केटाले इन्गेजमेन्ट तोडेपछि शरीरमा आगो लगाएकी पुष्पाको मृत्यु, ४ जनाविरुद्ध जाहेरी

उहाँका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन । प्रहरीले सोमबार सुधनसहित बुबा ५७ वर्षका दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षका मधु संग्रौलालाई समातेको हो ।

पुष्पाको परिवारबाट जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरियो, तर अदालतले केटा बाहेक अरुलाई थुनामा राख्न अनुमति दिएन् ।

सम्बन्धित खबरहरु