काठमाडौं । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङले आफु पदका लागि पार्टी प्रवेश गरेको भन्नु गलत भएको बताउनुभएको छ ।

मंगलबार समाजवादी पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गुरुङले आफु जनताको सेवाका लागि पार्टी प्रवेश गरेको भन्दै पदको कुनै लोभ नभएको बताउनुभएको हो ।

अव एकीकृत समाजवादी छाडेको खण्डमा आफुले राजनीति नै नगर्ने उहाले बताउनुभयो । गुरुङले यसअघि आफ्नै कारणले गठबन्धनले सरकार बनाउन सकेको भन्दै ठूला ठूला मन्त्रालयहरुको अफर आए पनि आफूले युवा तथा खेलकुद मन्त्रालय नै रोजेको धारणा राख्नुभयो । उहाले आफु मुख्यमन्त्रीको दाबेदार नभएको पनि बताउनुभयो ।

गुरुङलाई पार्टी कार्यालयमा समाजवादीका महासचिव बेदुराम भुसाल लगाएतले स्वागत गर्नुभएको थियो । गुरुङलाई स्वागत गर्दै भुसालले विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु उचित नभएको बताउनुभयो ।

सम्बन्धित खबरहरु