काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको छ । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताउनु भएको हो ।

उहाँका अनुसार गठबन्धनकै सरकार बन्छ । उहाँले भन्नुभयो, ‘यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाईं हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’

साथै, उहाँले कांग्रेसको शाख गिर्न नदिने सुशासनको सवालमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

अर्कोतिर, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग भेट गर्नुभएको थियो ।

दुई नेताबीच निर्वाचनपछि बधाई साट्नका लागि बालुवाटारमा भेटघाट भएको हो । देउवाले मत मागेपछि सल्लाह गरौंला भन्दै कोइरालाले जवाफ फर्काउनुभयो ।

संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्नु भएको छ । संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेपनि शेखर कोइराला पनि इच्छुक हुनुहुन्छ ।

सम्बन्धित खबरहरु