YouTuber Namra Qadir has been arrested for cheating a businessman in a honey trap of millions of rupees. India, Gurugram police have taken him into custody and started an investigation.

काठमाडौं । एक व्यापारीलाई हनी ट्र्यापमा फसाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युट्युबर नम्रा कादिर पक्राउ परेकी छिन् । भारत, गुरुग्राम प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा नम्रा विवाहित हुन् । उनी एक बच्चाकी आमा समेत रहेको खुलेको छ । अहिले नम्राका श्रीमान विराट बेनिवाललाई पक्राउ गर्न प्रहरीले खोजी थालेको छ ।

नम्रा कादिरले कसरी व्यापारीलाई फँसाइन् ?
नम्रा कादिर सामाजिक सञ्जालमा एकदम चर्चित नाम हो । उनको युट्युबमा ६ लाखभन्दा बढी र इन्स्टाग्राममा २ लाखभन्दा बढी फलोअर्स छन् । नम्राले गुरुग्रामका एक व्यापारीलाई श्रीमानसँग मिलेर माया जालमा फसाएकी थिइन् ।

त्यसपछि बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएर लाखौं रकम लुटिन् । नम्राले एक करोड २८ लाखभन्दा बढी रकम असुली गरेको आरोप व्यापारीले लगाएका छन् । त्यसपछि नोभेम्बर २४ मा पीडित व्यापारीले नम्राविरुद्ध गुरुग्रामको सेक्टर ५० प्रहरी चौकीमा उजुरी दिएका हुन् ।

व्यापारीले आफ्नो उजुरीमा लेखेका छन्, ‘कामको सिलसिलामा र्याडिसन होटल सोहना रोडमा नम्रा कादिरलाई भेटेँ । उनी युट्युबर हुन् । उनले मलाई विराट बेनिवालसँग पनि परिचय गराइन् । उनले बेनिवाल पनि एक युट्युबर र आफ्नो नजिकको साथी भएको बताइन् । उनले मेरो फर्ममा काम गर्न भनेर दुई लाख (भारु) अग्रिम भुक्तानी मागे । मैले नम्रालाई अलि पहिले नै चिनेकोले सोही दिन दुई लाख रुपैयाँ दिएँ । पछि मैले विज्ञापन ल्याएर बुझाएपछि उनले हुन्छ भने अनि थप ५० हजार (भारु) मागे, जुन मैले उनको खातामा पठाएँ ।’

व्यवसायीले आफ्नो उजुरीमा थप भने, ‘त्यसपछि पनि मेरो काम भएन् । अनि नम्राले काम एउटा बहाना मात्रै भएको बताइन्, उनले मलाई मन पराउँछिन् र मसँग बिहे गर्न चाहन्छिन् । बहिनीको बिहेपछि मेरो पैसा फिर्ता गर्छु भनिन् । मैले पनि उनलाई मन पराएँ र हामी सँगै घुम्न थाल्यौं । विराट सधैं उनको साथमा हुन्थे । एक दिन हामी क्लबमा पार्टी गर्न गयौं, नम्रा र विराटले मलाई जबरजस्ती रक्सी पिउन लगाए । हामी तीनैजना होटलमा कोठा बुक गरेर सुत्‍यौं । बिहान उठ्ने बित्तिकै नम्राले मेरो कार्ड मागेर ब्ल्याकमेल गर्न थालिन् । मैले नमानेको खण्डमा जबर्जस्ती करणी मुद्दा हाल्ने बताइन् । म डराए, मैले उनलाई अनुरोध गरें कि हामी साथी हौं र हामीले केहि गलत गरेका छैनौं, त्यसैले यो गर्नु हुँदैन ।’

व्यापारीले अगाडि भने, ‘यो कुराकानीकै क्रममा विराट बेनिवालले हतियार निकालेर आफू नम्राको पति भएको बताए । यदि मैले उनको कुरा सुनिन भने, उसले मलाई फसाउनेछ । यो घटनापछि मैले उनको कुरा मानेँ, अहिलेसम्म उसले मबाट ७०–८० लाख रुपैयाँको सामान र नगद लिएको छ, जसको मसँग प्रमाण छ ।’ व्यापारीका अनुसार नम्रा कादिरले उनको फोन लिएर सबै प्रमाणहरू डिलिट गरेकी थिइन् । उनको फोन रिसेट गरिएको थियो ।

सम्बन्धित खबरहरु