नेपालगन्ज । बाँकेको कोहलपुरस्थित गेस्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

कोहलपुर नगरपालिका वडा नं ११ बसपार्क पछाडि रहेको होटेल पूर्वपश्चिम गेस्ट हाउसमा विशाल सिंह मृत अवस्थामा फेला परेका हुन् ।

कोहलपुर नगरपालिका वडा नं ६ घर भएका विशाल सिंह नामका युवकले सोमबार राति बर्थडे मनाउन होटेल पूर्वपश्चिम गेस्ट हाउसमा कोठा लिएर बसेका थिए । उनी मंगलबार मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

भारतको कारगिलबाट घर जाने भनेर विशाल र उनका साथी विजय कुमार सिंह सँगै हिँडेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतकसँगै आएका विजय सिंहका अनुसार कोहलपुर आएपछि आफ्नो जन्मदिन मनाउने भनेर कोहलपुरको पूर्वपश्चिम होटेलमा कोठा लिएर बसेका थिए । रक्सीकै कारण निजको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरे पनि थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकसँगै बसेका अन्य तीन जनामाथि अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले बताउनुयो ।

 

सम्बन्धित खबरहरु