Complaint against the beautician after the bride’s make-up was damaged, what did the relatives say?

काठमाडौं । झगडादेखि लिएर विभिन्न विवादमा एफआइआर (उजुरी) दर्ता भएको कयौं मुद्दा तपाईंले देख्नु र सुन्नु भएको होला । तर भारत, मध्यप्रदेशमा एक ब्युटी पार्लरका सौन्दर्यकर्मीमाथि दुलहीको मेकअप बिगारेको आरोपमा मुद्दा दर्ता भएको छ ।

घटना जबलपुरको हो । त्यहाँ एउटी दुलही आफ्नो बिहेको लागि मेकअप गर्न ब्युटी पार्लर गएकी थिइन् । ब्यूटी पार्लरमा नवविवाहित मेकअप आर्टिस्टले बेहुलीको मेकअप गरेको दुलहीका परिवारले बताए । मेकअप मात्रै बिग्रिएको होइन, ब्यूटिसियनले आफूहरुसँग दुर्व्यवहार गरेको उनीहरुको आरोप छ ।

धम्की दिँदै जातिय भेदभाव गरेको आरोप पनि उनीहरुले लगाएका छन् । तर पार्लर सञ्चालक मोनिका पाठकले आफूलाई यसबारे कुनै जानकारी नभएको बताइन् । उनका अनुसार सबै आरोप निराधार छन् । बेहुली ३ डिसेम्बरमा मेकअप गर्न पुगेकी थिइन् ।

त्यस दिन उनको विवाह भयो । विवाह भएको दुई दिनपछि बेहुलीका परिवारसँगै स्थानीय मानिसहरूले प्रहरी चौकी पुगेर उजुरी दिएका थिए । प्रहरीले ब्यूटिसियन विरुद्ध धम्की र अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ ।

बेहुलीकी काकी वन्दना सेनले भनिन्, ‘अक्टोबरमा मैले मोनिका मेकअप स्टुडियो (ब्युटी पार्लर) की सञ्चालक मोनिका पाठकलाई काममा राखें । ५ सय पनि अग्रिम दिएकी थिँए । प्राकृतिक (नेचुरल) मेकअप मात्र गर्नुपर्छ भनेकी थिँए । शुल्क ३५०० तोकिएको थियो ।’

उनले थप्दै भनिन्, ‘३ डिसेम्बरमा दुलही राधिका सेनले मेकअप गर्ने कुरा पक्का भयो । त्यसपछि मैले उनलाई सोधे मेकअप त तिमी आफैले गर्ने हो नि कामदारबाट गराउँदिनौँ नि ? जवाफमा उनले भनेकी थिइन्–हैन, मेकअप म मात्र गर्छु, यो मेरो प्यासन हो । राधिकाको विवाह ३ डिसेम्बरमा तय भएको थियो । दिउँसो एक बजे फोन गरेँ । प्राप्त उठेन, मैले दुई घण्टा फोन गरिरहे ।’

उनका अनुसार दिउँसो ३ बजे ह्वाट्सएपमा मोनिका पाठकको म्यासेज आयो, जसमा लेखिएको थियो, ‘म आउन सक्दिँन् । मेसेज देखेर अब दुलहीको मेकअप कसले गर्ने भनेर डर लाग्यो । मैले जवाफमा लेखेँ–एकपटक कुरा गर, त्यसपछि उनको फोन आयो ।

मलाई भनिन्, ‘तिमी ब्यूटी पार्लर जाउ, त्यहाँ कामदारले मेकअप गर्छ, म रेलमा छु । म आउदै छु ।’ नयाँ मेकअप आर्टिस्टले मेकअपमा गडबड गरेको उनको भनाई छ । उनले भनिन्, ‘हामी साँझसम्म मोनिकाको आगमनको पर्खाइमा थियौं, तर उनी आइनन् । बिहेको जुलुस आउन लागेको थियो, त्यसैले फर्केर आयौँ ।

मानिसहरुले भने यस्तो सुन्दर युवतीले यस्तो नराम्रो मेकअप गरिन् । त्यसपछि ब्यूटिसियनको फोन आयो । उनले अभद्र भाषामा कुरा गर्दै धम्काइन् ।’ मंगलबार बेहुलीका परिवार सेन वेलफेयर एसोसिएसनका पदाधिकारीसहित कोतवाली प्रहरी चौकी पुग्यो ।

छोरीको मेकअप बिगारेको भन्दै उजुरी दिएका हुन् । पीडित परिवारको उजुरीका आधारमा ब्युटी पार्लर सञ्चालक मोनिका पाठकविरुद्ध मुद्दा दर्ता गरिएको कोतवाली प्रहरी चौकीका इन्चार्ज अनिल गुप्ताले जानकारी गराए ।

ब्युटिशियन तथा पार्लर सञ्चालक मोनिका पाठकले आफूले के भनेको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् । उनले भनिन्, ‘मकहाँ विभिन्न ग्राहक आउँछन् ।

ग्राहकहरूले मलाई सेलिब्रेटीहरूको फोटो देखाउँछन् । भन्छन्–सेलिब्रेटीजस्तै मेकअप गर्नुपर्छ । ३००० मा यो कसरी सम्भव छ ? ५ वर्षदेखि काम गरिरहेको छु । त्यस्तो केही छैन । मेरो लागि सबै ग्राहक बराबर हुन् ।’

सम्बन्धित खबरहरु