Aamir Seen With White Hair And Beard, Everyone Was Amazed With His New Avatar (Pic)

काठमाडौं । बलिउड अभिनेता आमिर खानलाई फ्यानले नयाँ अवतारमा देख्न पाएका छन् । बुधबार मुम्बईमा अभिनेत्री काजोलको आगामी फिल्म सलाम भेन्कीको विशेष स्क्रिनिङ आयोजना गरिएको थियो ।

त्यहाँ बलिउड अभिनेता आमिर खान पनि पुगेका थिए । त्यहाँबाट उनको एउटा भिडियो समेत सार्वजनिक भएको छ । त्यस भिडियोमा आमिर खानको ग्रे लुकले सबैको ध्यान खिचेको छ ।

स्क्रिनिङको लागि, आमिरले सेतो हेयरस्टाइल र डेनिम ज्याकेटसँगै कालो टी–शर्टसँग मिल्दो पाइन्ट लगाएका थिए । उनलाई हेरेपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताले रमाइला प्रतिक्रिया पनि दिइरहेका छन् ।

धेरैले उनको नयाँ अवतारलाई मन पराए भने कतिपय प्रयोगकर्ताले उनको खिल्ली उडाएका छन् । रेवतीद्धारा निर्देशित यो फिल्ममा आमिरले केमियो रोल निभाएका छन् ।

तपाईंलाई जानकारी गराउ कि ‘सलाम भेन्की’ लाई रेवतीले निर्देशन गरेका हुन् । फिल्ममा काजोल र विशाल जेठवाले मुख्य भूमिकामा छन् । फिल्ममा विशालले काजोलको बिरामी छोराको भूमिका निभाएका छन् ।

सलाम भेन्की युवा चेस खेलाडी कोलाभेनु वेंकटेशको सत्य कथाबाट प्रेरित चलचित्र हो । जसलाई डुचेन मस्कुलर डिस्ट्रोफी (डीएमडी) लागेर सन् २००४ मा मृत्यु भएको थियो । फिल्म ९ डिसेम्बर २०२२ देखि प्रदर्शनमा आउँनेछ ।

सम्बन्धित खबरहरु