काठमाडौं । अचानक सेवा अवरुद्ध भएपछि एनसेल आजियाटा लिमिटेडले ग्राहकसँग माफी मागेको छ । सडक विस्तार गर्दा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएको एनसेलले जानकारी गराएको हो ।

त्यस क्षेत्रमा बिहीबार बिहानदेखि नै एनसेलले काम गरिरहेको थिएन् । दिउँसो एक बयान जारी गर्दै कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा गएको हुँदा सक्दो चाँडो सेवा सुचारु गर्ने जानकारी पनि एनसेलले दिएको छ ।

एक सूचना जारी गर्दै एनसेलले भनेको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा आज बिहीबार (मंसिर २२, २०७९) सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौंली–आँखुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण अवरुद्ध भएको जानकारी गराउन चाहान्छौँ ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरु फिल्डमा खटाइसकेकाले चाँडै सेवा सूचारु गर्ने प्रयास भइरहेको छ । यस अप्रत्यासित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौ ।’

सम्बन्धित खबरहरु