माघ, दाङ । दाङको तुलसीपुर नगरपालिका ११ अश्वारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार विहान घर नजिकैको बारीमा खर काट्दै गर्दा चट्याङ लागेर घाइते भएका ४८ वर्षीय नरेश सेनको राप्ती अन्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
रुकुममा चट्याङ लागेर महिला घाइते
यसैगरी रुकुमको खोलागाउँ गाविस ६ टुनीगैराकी २६ वर्षीया निर्मला ओली चट्याङ लागेर घाइते भएकी छन् । मंगलबार विहान साढे ११ बजे घरमा खाना पकाइरहेकोबेला उनलाई चट्याङ लागेको थियो ।
उनको बायाँ खुट्टा र हातमा चोट लागेको छ । खोलागाउँको जोगिनेटास्थित स्थानिय मेडिकलमा उनको उपचार भैरहेको छ ।
चट्याङ लागेर तीन तले घर र सोलार सेटमा क्षेति पुगेको छ । यस्तै एउटा भैंसी, गोरु र ४ ओटा बाख्रा मरेका छन् ।
चट्याङबाट साढे ३ लाख रुपैयाँ बराबरको क्षति भएको घर धनि शान्तबहादुर ओलीले जानकारी दिए ।