काठमाडौं ।  बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ ।

बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताउनुभयो ।

तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो । मुख्य बजारनजिकै हुँदा पनि बजारसम्म तरकारी पु¥याउने पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ । अधिकांश गाउँमा हरियो तरकारी बारीमा लटरम्म फलेका छन् । तरकारी बिक्री हुने मुख्य गुलरीयाहाट बजार हो । त्यहाँ जाने बाटो छैन । भनेको बेला डुङ्गा पाइदैन । काँक्रो, फर्सी, बन्दा, काउली लगायतको तरकारी टिपेर खेतमै थुपार्नु परेको बारबर्दिया–४ का किसान फक्लबहादुर सत्गौलाले बताउनुभयो ।

रु १६ करोड ६८ लाख चार हजारमा बनेको पुल विसं २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त जब्दिघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असूल गरी जब्दिघाटमा नयाँ पुल निर्माण गर्न मङ्सिरभित्रै बोलपत्र खोलिने बर्दिया क्षेत्र नं १ का नवनिर्वाचित सांसद सञ्जयकुमार गौतमले बताउनुभयो ।

तुलसालय आश्रमलाई सहयोग
सानीमा लाइफ इन्सोरेन्स कम्पनीले आफनो पाँचौँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित ‘तुलसालय आश्रम’लाई खाद्यान्न सहयोग गरेको छ ।

सानीमा लाइफ इन्सोरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तुलसालय आश्रममा दाल, चामल, तेललगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको कम्पनीका क्षेत्रीय प्रमुख नरेशकुमार थापाले जानकारी दिनुभयो । उहाँले आफनो कम्पनीको स्थापना दिवसको अवसरमा उपत्यकामा मात्र नभइ सातै प्रदेशमा यस किसिमको सहयोग गरिएको बताउनुभयो । आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिइने प्रमुख थापाले उल्लेख गर्नुभयो ।

तुलसालय आश्रमका सञ्चालक बिमल काफलेले सानीमा लाइफ इन्सोरेन्सको सहयोगले आफनो संस्थालाई थप ऊर्जा मिलेको बताउनुभयो । कार्यक्रममा सानीमा लाइफ इन्सोरेन्स नयाँ बानेश्वर शाखाका प्रमुख मनोजकुमार शाह, एमडिआरटी च्याङ्बारानी तामाङ, एजेन्सी म्यानेजर कौशल कुश्वाहालगायतको सहभागिता थियो । तुलसालय आश्रमले विभिन्न क्षेत्रका अनाथ बालबालिकाको हेरचाह गर्दै आएको छ । रासस

सम्बन्धित खबरहरु