काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले शनिबार हुने परीक्षाको केन्द्र प्रकाशित गरेको हो । त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणाली अन्तर्गत स्नातक तहमा सञ्चालित बीबीए, बीआइएम, बीएचएम, बीटीटीएम, बीबीएम, बीएमएस, बीपीए, बीबीए–एफ कार्यक्रममा शैक्षिक वर्ष २०७९/०८० (सन् २०२२) को भर्नाका लागि हुने महत्वपूर्ण परीक्षाको केन्द्रहरू जारी गरिएको हो ।

परीक्षा केन्द्रबारे सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणाली अन्तर्गत स्नातक तहमा सञ्चालित बीबीए, बीआइएम, बीएचएम, बीटीटीएम, बीबीएम, बीएमएस, बीपीए, बीबीए–एफ कार्यक्रममा शैक्षिक वर्ष २०७९/०८० (सन् २०२२) को भर्नाका लागि मिति २०७९/०८/२४ गते शनिबार दिउँसो १:०० बजेदेखि सञ्चालन हुने पुन: प्रवेश परीक्षा (रि–सीएमएटी–२०२२) को परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको छ ।’

सम्बन्धित खबरहरु