The price of gold decreased by 300:

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० मा आएको महासङ्घले जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
वत्सलेश्वरी डबलीमा सांस्कृतिक प्रस्तुति
काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ ।

महानगरपालिका–८ अन्तर्गत पर्ने पशुपति मन्दिर परिसरको वत्सलेश्वरी डवलीमा भएको कार्यक्रममा विभिन्न बाजागाजासहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सन्ध्या पुस्तकालय, सिर्जनशील युवा क्लबलगायतका क्लबले बाजासहितको नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पशुपति क्षेत्रमा प्राचीनकालदेखि विभिन्न चाडपर्वमा प्रदर्शन हुने गरेका सांस्कृतिक झलक देखाइएको थियो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले विश्वमै सांस्कृतिक सहरका रुपमा परिचित महानगर दिवस सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका बाजासहित नृत्यको आ–आफ्नै महत्व रहेको उहाँले बताउनुभयो । हरेक जात्रा पर्व तथा त्यसलाई प्रस्तुत गर्ने डवलीको संरक्षण सम्बद्र्धनमा काम गरिने प्रतिबद्धता उपप्रमुख डङ्गोलले व्यक्त गर्नुभयो ।

महानगरपालिका–८ का वडाध्यक्ष आशामान सङ्गतले हरेक जात्रा पर्वको महत्वलाई आत्मसात् गर्दै संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । महानगरपालिका मूर्त, अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा लागेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेशसभा र महानगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा देव खलका प्रमुखलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । महानगर दिवस यही मङ्सिर २९ गते मनाइँदै छ । यस अवसरमा महानगरपालिकाले विभिन्न कार्यक्रम गरिरहेको छ ।रासस

 

 

सम्बन्धित खबरहरु