काठमाडौं । साउदीमा बसिरहेका विदेशीहरुले दुई हप्ताभित्र साउदी छाड्न पर्ने नयाँ नियम लागेको छ ।

हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ता भित्र साउदी छाड्नु पर्ने नयाँ नियम लागू भएको छ ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदी जवाजतको नयाँ नियम अनुसार हरुब लागेका व्यक्तिहरूले एक्जिट भिसा प्राप्त गरेको दुई हप्ता भित्रै साउदी छाड्नु पर्ने भएको हो ।

एक्जिट भिसाको प्रक्रिया दूतावासले निःशुल्क रूपमा गरिरहेको छ । तर दूतावासले प्रक्रिया गरेर एक्जिट भिसा प्राप्त भइसकेपछि भने नेपाल फर्किने हवाई टिकटको व्यवस्था व्यक्ति आफैँले गर्न पर्छ ।

एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आएको छ भने घर फर्किने बेलामा त्यही म्यासेज विमानस्थलमा देखाउँदा हुन्छ । तर मोबाइलमा म्यासेज आएको छैन र दूतावासले सूचीमा आफ्नो नाम निकालेको छ भने दूतावासमै गएर एक्जिट भिसाको कागजात लिन पर्छ ।

इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेका वा साउदी पुगेको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएका वा हुरुब लागेका व्यक्तिको मात्र दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिन्छ ।

इकामाको म्याद भएकाहरूको एक्जिट भिसाको प्रक्रिया दूतावासबाट गर्न नमिल्ने दूतावासले जनाएको छ । त्यसै गरी साउदीमा कुनै मुद्दा, जरिवाना छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा लाग्दैन ।

सम्बन्धित खबरहरु