काठमाडौं । फिल्म निर्माता तथा फेसन डिजाइनर प्रबल गुरुङ ( Prabal Gurung ) अमेरिकी फेसन डिजाइनरको छाता संस्था सीएफडीएको उपाध्यक्षमा मनोनित भएका छन् ।

काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले नेपाली मूलका गुरुङसहित औरोरा जेम्सलाई उक्त पदमा मनोनित गरिएको जनाएको छ । जनवरी १ बाट उनीहरुले कार्यभार सम्हाल्नेछन् ।

सोही मितिदेखि थोमस ब्राउनीले अध्यक्षको कार्यभार सम्हाल्नेछन् । १८ सदस्यीय कार्यसमितिको म्याद ६ वर्षको हुने जनाइएको छ । गुरुङले न्युयोर्कमा रहेर आफ्नै फेसन लेभल सञ्चालन गरिरहेका छन् ।

प्रबल कार्यकारी निर्माता रहेको नेपाली फिल्म ‘लोरी’ ओस्कार अवार्डको आगामी संस्करणमा प्रतिस्पर्धा गर्दैछ । उनको डिजाइनलाई मिसेल ओबामा, केट मिडल्टनदेखि बलिउड स्टारहरुले लगाएका छन् ।

 

सम्बन्धित खबरहरु