सिआन । चीनको पुरानो बजारको भग्नावशेषमा सहस्राब्दी पुराना बुद्ध मूर्तिको अंश फेला परेको छ।

सान्सी प्रान्तको सिआन सहरको भग्नावशेषमा ६८० भन्दाबढी मूर्ति र प्यागोडाका मूर्तिकला भेटिएका हु्न्। यी मूर्ति थाङ वंश (६१८–९०७) मा बनाइएका मूर्तिको अवशेष हुनसक्ने बताइएको छ।

मूर्तिहरू माटो र ढुंगाबाट बनेका र धेरैजसो क्षतिग्रस्त रहेका चाइनिज एकेडेमी अफ सोसियल साइन्सअन्तर्गत रहेको पुरातत्व संस्थानका हान जिएनख्वाले जानकारी दिए। धेरै बुद्ध मूर्तिहरू रंगीन रेखाचित्र र सुनले सजिएका छन्।

श्रीलङ्काले बङ्करिङका लागि जमिन उपलब्ध गराउने
श्रीलङ्काले कोलम्बो पोर्ट सिटीमा रहेको चार टुक्रा जमिन बङ्करिङ (जहाजले प्रयोग गर्नकोे लागि इन्धनको आपूर्ति)का लागि एक लगानीकर्तालाई बिक्री गर्ने भएको छ ।

बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डी सिल्भाले हवाई इन्धन भण्डारण सुविधा सुरु गर्नका लागि पनि निवेदन आह्वान गरिएको बताउनुभयो । यो योजनाले श्रीलङ्काको अर्थतन्त्रको विकास र पानीजहाज र विमानका लागि इन्धन उपलब्ध गराउन ठूलो भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो ।

कोलम्बो पोर्ट सिटीले सञ्चालनको पहिलो पाँच वर्षमा प्रत्यक्ष विदेशी लगानीको रूपमा पाँच अर्ब अमेरिकी डलरभन्दा बढी ल्याउन सक्ने उहाँले बताउनुभयो । उहाँले यसै साताको सुरुमा संसदमा गरेको सम्बोधनमा सरकारले चाँडै नै बन्दरगाह शहरलाई नियन्त्रण गर्ने कानूनहरू ल्याउने बताउनुभएको थियो ।

समुद्रबाट २६९ हेक्टर पुनः प्राप्त भूमिमा फैलिएको, बन्दरगाह शहरले वित्तीय जिल्ला, केन्द्रीय पार्क बस्ने, टापु बस्ने, मरीना र अन्तर्राष्ट्रिय टापुसहित पाँच अलग–अलग क्षेत्रहरू समावेश गर्नेछ ।

सम्बन्धित खबरहरु