काठमाडौं । अमेरिकामा यस वर्षको चिसो मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख जना बिरामी भएका अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० ले प्रतिवेदन सार्वजनिक गरेको छ ।

सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको सङ्क्रमण उच्च रहेको तर केही क्षेत्रमा अहिले घट्दो देखिएको पनि सीडीसीले जनाएको छ ।

सीडीसीको तथ्याङ्कअनुसार पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार पाँच सयभन्दा धेरै मानिस अस्पताल भर्ना भएका छन् ।

 

सम्बन्धित खबरहरु