गरिमा बिकास बैंक र सुप्रिम बिकास बैंकको खुद नाफा बढेको छ

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २० माघ, २०७१

गरिमा बिकास बैंक र सुप्रिम बिकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रुपमा खुद नाफा बढेको बित्तीय बिबरण प्रकाशित गरेका छन् । गरिमाले ४४ प्रतिशतले खुद नाफा बढाएको छ भने सुप्रिमले १८८ प्रतिशतले बढाएको छ ।

सुप्रिमको गत आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ३३ लाखले घाटामा गएको थियो भने यस आर्थिक बर्षमा १ करोड ९६ लाख खुद नाफा गरेको छ । सुप्रिमको ब्याज आम्दानी ४१ र संचालन नाफा १७९ प्रतिशतले बढेको छ । त्यसैगरी निस्क्रिय कर्जा ९.९३ प्रतिशतबाट ३.८६ प्रतिशतमा झरेको छ । बैंकले दोस्रो त्रैमासमा २ करोड ६० लाख रुपैयाँ प्रोभिजन गरेको छ ।

उता, गरिमा बिकास बैंकले खुद नाफा ४ करोडबाट बढाएर ६ करोड ५२ लाख पुर्याएको छ । बैंकले ब्याज आम्दानी ४९ र संचालन नाफा साढे ६४ प्रतिशतले बढाएको छ । शुल्क र कमिशनमा बैंकले यस त्रैमासमा साढे दुई करोड कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ पुगेको छ । बैंकको निस्क्रिय कर्जा भने केही बढेको छ ।

सम्बन्धित खबरहरु