Find out 5 reasons why men's semen volume is constantly decreasing

काठमाडौं । पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१% ले घटेको बताइएको छ।

इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानबाट प्रकाशमा आएको यो एक प्रमुख तथ्य हो।

अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे भने अहिले त्यो मात्रा घटेर ४ करोड ९० लाखमा आइपुगेको छ।

सङ्ख्या मात्र नभई शुक्राणुको गुणस्तरमा पनि ह्रास आएको प्रमाण भेटिएको छ। महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या पनि पछिल्ला दशकहरूमा घटेको छ।

"सबभन्दा अनौठो त हामीले शुक्रकीटको गतिशीलताको ह्रासमा देखेका छौँ। यो क्षमताको अभावमा निषेचनको सम्भावना घट्छ," ब्रजिलिएन असोसिएशन अफ असिस्टिड रिप्रोडक्शनका उपाध्यक्ष तथा यूरोलजिस्ट र एन्ड्रोलजिस्ट मोएसर राफाएल राडाएलीले भने।

निरन्तर भइरहेको ह्रासले स्वास्थ्यविज्ञहरू चिन्तित बनेका छन्। "यो चिन्ताजनक विषय हो किनभने यो गिरावटको गति बढिरहेको छ। कहाँ पुगेर टुङ्गिन्छ भन्न सकिँदैन," ब्रजिलिएन सोसाइटी अफ यूरोलजीको एन्ड्रोलजी विभागका संयोजक एड्वार्डो मिरान्डाले भने।

त्यसमाथि पुरुषहरूको शुक्रकीटको मात्रा खस्किने दर पछिल्ला वर्षमा झन् बढेको छ। इजरेल र अमेरिकामा गरिएको सोही अनुसन्धानका अनुसार सन् १९७० र १९९० को दशकबीच शुक्रकीटको मात्रा खस्किने दर प्रतिवर्ष १.१६% रहेकोमा सन् २००० को दशक सुरु हुँदै गर्दा त्यो दर बढेर २.६४% पुग्यो। अर्थात् त्यो गिरावट दोबरले बढ्यो।

अनि यो संसारभरि नै देखिएको छ - सबै महादेशमा मानिसको शुक्रकीटको मात्रा घट्दो छ। युरोप, अफ्रिका, तथा मध्य र दक्षिण अमेरिकामा यो दर अन्यत्रभन्दा धेरै छ।

किन यसो भइरहेको छ त? विज्ञहरूले कम्तीमा पाँचवटा कारण उल्लेख गरेका छन्। खुसीको कुरा के भने ती सबैको निराकरण सम्भव छ।

  • मोटोपना
  • दुर्व्यसन
  • यौनाङ्गबाट सर्ने सङ्क्रमण
  • काखमा कम्प्युटर
  • एन्डक्रिन अवरोधकहरू

सम्बन्धित खबरहरु