सङ्घीय समाजवादी पार्टी नेपाल तथा खस समावेशी राष्ट्रिय पार्टीले आफूहरुबीच समान धारणा बनाउनुका साथै ३० दलीय गठबन्धनद्वारा घोषित आन्दोलनलाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने सहमति गरेको छ ।

सङ्घीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठ र खस समावेशी पार्टीका महासचिव परशुराम बस्नेतले आज जारी गरेको संयुक्त वक्तव्यमा दुवै पार्टीका अध्यक्षको उपस्थितिमा विराटनगरमा बसेको बैठकले दुई पार्टी एकीकरण, वर्तमान आन्दोलनलगायत समसामयिक विषयमा छलफल भएको उल्लेख छ।

केही समयदेखि दुई पार्टीबीच चलिरहेको एकता वार्तालाई वैचारिक राजनीतिक निष्कर्षमा पु¥याउनुका साथै राष्ट्रिय राजनीतिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न ती दुई दल एकीकरण गर्न सहमत भएका जनाइएको छ।

सम्बन्धित खबरहरु