k

२० माघ, काठमाडौं । लुटपाट लगायतका आपराधिक गतिविधिमा संलग्न दुई जनालाई सशस्त्र प्रहरी बलको विशेष टोलीले मंगलबार बेलुका काठमाडौंको सिनामंगल चोक नजिकैबाट अवैध हतियार तथा गोलीसहित पक्राउ गरेको छ । उनीहरुलाई एउटा कटुवा पेस्तोल र दुईवटा गोलीसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला साँगाचोक गाविस २ बस्ने २८ वर्षिय मालते तामाङ्ग र रामेछाप जिल्ला बेथान गाविस ५ कमल डाँडा बस्ने २७ वर्षिय जिम्बो लामा भन्ने मिमलाल दोङ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले मंगलबार बेलुका करीव सवा ६ बजे पक्राउ गरेको हो ।y

उनीहरु लुटपाट लगायतका आपराधिक गतिविधिमा संलग्न रहेको तथा उनीहरुसँग अवैध हतियार समेत रहेको भन्ने सुराकी प्राप्त भएपछि केही अघिदेखि सशस्त्र प्रहरी बलको विशेष टोलीले उनीहरुलाई निगरानी गरिरहेको थियो । यसैबीच उनीहरुलाई मंगलबार उक्त पेस्तोल तथा गोली बोकेर हिडेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरु यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रही पक्राउ परिसकेको कुरा उनीहरुले सशस्त्र प्रहरी बलको विशेष टोली समक्ष बताएका छन् ।

उनीहरुको साथबाट उक्त हतियार तथा गोलीको साथै दुईवटा मोवाइल तथा नगद २१ हजार ४ सय ९५ रुपैयाँ तथा युएस डलर १० र भारतीय पाँच रुपैयाँ समेत बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

सम्बन्धित खबरहरु