२० माघ, काठमाडौं / एजेन्सी । भारतीय गुप्तचर निकाय आईबीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घरमा आत्मघाती हमला हुन सक्ने भन्दै उच्च सुरक्षा सतर्कता बढाएको छ ।
आइबीले आतंककारीहरुले मोदीमाथि निशाना बनाउन सक्ने सूभना पाएको भन्दै उनको आवासको सुरक्षा बढाएको हो । दिल्ली प्रहरीले प्रधानमन्त्री मोदीका साथै संसद भवनमाथि आक्रमण हुन सक्ने भन्दै्र अलर्ट जारी गरेको हो ।
विश्वमै आतंकवादी गतिविधि बढिरहेको भन्दै यससँग लडिरहेको भारतमा खतरा रहेको उल्लेख गरिएको छ । सुरक्षा निकायले आईबीको यो चेतावनीलाई गम्भीरतापूर्वक लिएको छ ।
भारतमा यही फ्रेब्रुअरी २३ देखि बजेट अधिबेशन सुरु हुँदैछ । यसै क्रममा दिल्लीको मुख्यमन्त्री पदका उम्मेदवार किरण बेदीलाई एक धम्कीपूर्ण फोन आएको र त्यसमा उनको अफिस बमले उडाईदिने धम्की दिइएको जनाइएको छ ।