suvash
२० माघ, काठमाडौं । काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सविधान निर्माणको प्रक्रियाबाट पछि हट्न नसक्ने स्पष्ट पारेका छन् ।

मंगलबार कामाठाडौमा आयोजना गरिएको एक कार्यक्रममा नेम्वाङले संविधान लेखनको कार्य अघि बढिसकेको भन्दै यसबाट पछि नहट्ने बताएका हुन् ।

उनले सहमतिको बाटो कुर्दा संबिधान लेख्ने काम नै अबरुद्ध भएको भन्दै संबिधान सभाबाट संबिधान लेख्ने कार्य अघि बढेको उल्लेख गरे ।

उनले संविधान लेखनका पनि सबैको सहमति अनिवार्य चाहिने भन्दै दलहरुबीच सहमति आवश्यक रहेको उल्लेख गरे । यद्दपी उनले अव दलहरुबीचको सहमति संबिधानसभा र समितिबाटै खोजिनुपर्नेमा जोड दिए ।

जनताले सहमतिबाटै संविधान बनाउन दिएको म्यान्डेड अनुसार नै अहिले सहमतिको समय खुल्ला गरिएको भन्दै अब पनि सहमति हुन नसके नियमावली अनुसार नै संविधानसभा अघि बढ्ने उनको भनाई छ ।

एक अर्को प्रसंगमा अध्यक्ष नेम्वाङले माघ ८ गते संबिधान जारी हुन नसकेपनि एकताको सन्देश दिनुपर्नेमा दलहरु त्यसो गर्न पनि बिफल भएको टिप्पणी गरे ।

सम्बन्धित खबरहरु